default_image

11 months ago

August 6, 2023

नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा

953 views

0 Bookmark

सिड्नी – उपाधि दावेदार नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रि–क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै डच टोलीले अन्तिम आठको यात्रा तय गरेको हो ।

नेदरल्यान्ड्सको जितमा जिल रुड र लिनेथ विरेन्सटाइनले गोल गरिन् । पहिलो हाफमै दुई महत्वपुर्ण खेलाडी गुमाएपछि दक्षिण अफ्रिका समस्यामा पर्दा नतिजा नै सुम्पन पुग्यो ।

अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी फुटबल स्टेडियममा आइतबार भएको खेलको नवौं मिनेटमा जिल रुडको गोलबाट डच टोलीले सुरुवाती अग्रता लिन सफल भयो । उनले हेडरमार्फत सुन्दर गोल गर्न सफल भइन् ।

एक गोलले पछि परेको दक्षिण अफ्रिकाका दुई महत्वपूर्ण खेलाडी १२ मिनेटको अन्तरमा चोट बोक्दै बाहिरिएपछि टोली थप समस्यामा पर्यो । ३०औं मिनेटमा जेर्मेन सेपोसेन्वी चोटका कारण बाहिरिन पुगिन् । ४२औं मिनेटमा बम्वानानी एम्वाने पनि चोटका कारण बाहिरिदा टोली थप समस्यामा पुग्यो ।

५४औं मिनेटमा लेकी मार्टिनले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा नेदरल्यान्ड्स अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६८औं मिनेटमा लिनेथ विरेन्सटाइनले लेकीको पासमा गोल गर्दै नेदरल्यान्ड्सको सहज जित पक्का गरिन् । विश्वकप फुटबलको इतिहासमा पहिलोपल्ट प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका त्यसभन्दा अघि बढ्न सकेन ।

अब नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ । आज नै उपाधि दावेदार दुई टोली स्वीडेन र अमेरिकाबीच केहीवेरमा खेल हुनेछ ।

June 20, 2024

जर्मनी युरो कपको अन्तिम १६ मा पुग्ने पहिलो टोली

एजेन्सी – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । बुधवार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित दर्ता गर्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे । २२औं मिनेटमा गुन्डोगानकै पासमा गोल […]

June 19, 2024

अल्बानिया र क्रोएसियाको रोमाञ्चक बराबरी

एजेन्सी – हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसिया विरुद्ध यूरो कप २०२४ मा रोमाञ्चक बराबरी खेलेको छ । समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको […]

June 19, 2024

डलासमा एनएसटी किड्स समर क्याम्प सुरु 

डलास (हाम्रो खेलकुद) – रुम्बा एकेडेमी र डिएफडब्लु हिमालयको सहकार्यमा एनएसटी किड्स समर क्याम्पले ४ देखि १५ वर्षका बालबालिकाहरूका लागि एक महिना लामो फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। हरेक आइतबार र मंगलबारदेखि बेलुका ४:३० बजे देखि दिनको १ घण्टा यो पहलले समुदायमा नेपाली बालबालिका र युवाहरूको फुटबल कौशललाई प्रेरित गर्ने र विकास गर्ने […]

Success

Thank you for your time.