default_image

2 years ago

August 6, 2023

अमेरिकालाई स्तब्ध पार्दै स्वीडेन क्वाटरफाइनलमा

1968 views

0 Bookmark

मेलवर्न – साविक विजेता तथा कीर्तिमानी चारपल्टको च्याम्पियन अमेरिकालाई सडनडेथमा स्तब्ध पार्दै स्वीडेन फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

महिला विश्वकपको सर्वाधिक सफल चार पल्टको विजेता तथा दुई पल्टको उपविजेता अमेरिकालाई प्रि–क्वाटरफाइनलमा सडन डेथमा ५–४ ले स्तब्ध पार्दै स्वीडेन अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडन डेथमा लम्बिएको थियो ।

टाइब्रेकरमा स्वीडेनकी फ्रिडोलिना रोल्फो, एलिन रुवेन्सन र हाना बेनिन्सले गोल गर्न सफल हुँदा नाथलि विजोर्नको प्रहार आकासिदा रेविका ब्लोमभिस्टका प्रहारलाई अमेरिकी गोलरक्षक एलिसा नाहिरले बचाइन् ।

सडनडेथमा स्वीडेनकी मागडालेना एरिक्सन र लिन हुर्टिगले गोल गर्न सफल भइन् । हुर्टिगको अन्तिम पेनाल्टीलाई एलिसा नाहिरले दोस्रो प्रयासमा बचाएपनि रेफ्रीको भिएआरको सहायता लिदै गोल प्रदान गर्दा स्वीडेन विजयी हुन सफल भयो ।

टाइब्रेकरमा अमेरिकाकी एन्डी सुलीभान, लिन्डसे होरान, क्रिष्टि मेविस र सडन डेथमा एलिसा नाहिरले गोल गर्न सफल भइन् । अमेरिकाकी मेगान रापिनोई र सोफिया स्मिथको प्रहार आकासिदा केली ओहोराको प्रहार पोस्टमा लाग्दै फर्किदा अमेरिकाको खेलमा फर्कने सम्भावना झिनो बन्दा स्वीडेनकी हुर्टिगले गोल गर्दै अमेरिकालाई स्तब्ध बनायो ।

त्यसअघि मेलवर्न रेकटेङगुलर स्टेडियम मेलवर्न अष्ट्रेलियामा आइतबार भएको निर्धारित समयको खेलमा अमेरिकाले बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि स्वीडेनको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल निर्धारित समय र अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

खेलको १८औं मिनेटमा ट्रिनिटी रोडमनको प्रयासलाई स्वीडेनकी गोलरक्षक जेसिरा मुसोभिचले पञ्च गर्दै बचाएपछि अमेरिका अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा रोडमनकै प्रहारमा गोलरक्षक मुसोभिच बाधक बनिन् । माग्दालेना एरिक्सनको गलत पासलाई नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहारलाई उनले पञ्च गर्दै बचाइन् ।

३४औं मिनेटमा कप्तान लिन्डसे होरानको सशक्त हेडर क्रसबारमा लाग्दै बाहिरिदा अमेरिका अग्रता लिनबाट चुक्यो । ५३औं मिनेटमा कप्तान होरानको प्रहारलाई गोलरक्षक जेसिरा मुसोभिचले डाइभ दिदै बचाइन् ।

८५औं मिनेटमा परिवर्तित खेलाडी सोफिया ज्याकोब्सनको शक्तिशाली प्रहार सिधै गोलरक्षक एलिसा नाहिरको हातमा पुग्दा स्वीडेन अग्रता लिनबाट चुक्यो । यो स्वीडेनको खेल भरमा एक मात्रै आक्रमण थियो ।

८९औं मिनेटमा एलेक्स मोर्गानको प्रहारलाई गोलरक्षक जेसिरा मुसोभिचले अर्काे उत्कृष्ट बचाउँ गर्दै स्वीडेनलाई खेलमा कायमै राखिन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्वियो ।

९६औं मिनेटमा एलेक्स मोर्गानको प्रहारमा गोलरक्षक जेसिरा मुसोभिच नै बाधक बनिन् । १०१औं मिनेटमा विलियम्सको प्रहारलाई जेसिरा मुसोभिचले विफल पारिन् ।

अब स्वीडेनले क्वाटरफाइनलमा जापानसँग ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । जापानले शनिबार नर्वेलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.