2 years ago
August 6, 2023
एजेन्सी – कप्तान ह्यारी केनले ४ गोल गरेपछि टोटेनहम हट्सपरले प्रि सिजनको मैत्रीपूर्ण खेलमा शाख्तर डोनेस्कलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

लन्डनस्थित घरेलु मैदानमा टोटेनहमले ५-१ को सहज जित दर्ता गर्यो । पहिलो हाफमा १-१ को बराबरी भएपनि दोस्रो हाफमा टोटेनहमले उत्कृष्ट प्रदर्शन गर्यो । केनले खेलमा ८० मिनेट खेल्दै ४ गोल गरेका थिए ।
खेलको ३८ औं मिनेटमा केनले घरेलु टोलीलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र जेम्स म्याडीसनलाई लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरे । ४५ औं मिनेटमा केभिन केलसीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

५० औं मिनेटमा केनले टोटेनहमको अग्रता पुन: स्थापना गरे । उनले म्याडीसनको क्रसमा हेडरमार्फत गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै केनले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिसका साथ आफ्नो ह्याट्रिक पूरा गरे ।
७९ औं मिनेटमा केनले व्यक्तिगत चौथो गोल गरे । गोलरक्षक प्यातोभले बचाएपछि फर्केको बललाई केनले सहजै गोल गरे । इन्ज्युरी समयको चौथो मिनेटमा युवा फरवार्ड डेन स्कारलेटले गोल गरे । केनको स्थानमा मैदान प्रवेश गरेका उनले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए ।
टोटेनहमले अब प्रि सिजनमा बार्सिलोनासँग खेल्नेछ । जोआन गाम्पर ट्रफीका लागि खेल मंगलबार हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]