2 years ago
August 6, 2023
एजेन्सी – आर्सनलले टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको छ । खेलको इन्ज्युरी समयको ११ औं मिनेटमा बराबरी गोल फर्काएको आर्सनलले सिटीलाई स्तब्ध पारेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आर्सनल ४-१ ले विजयी हुँदै सिजनको सुखद सुरुवात गर्न सफल रहयो । सिटीले भने लगातार तेस्रो सिजन कम्युनिटी शिल्ड जित्न सकेन ।
युवा खेलाडी कोल पाल्मरले खेलको दोस्रो हाफमा गरेको सुन्दर गोलको सहयोगमा सिटी जित नजिक पुगेको थियो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरतर्फ धकेले ।
टाइब्रेकरमा पहिलो प्रहारमा आर्सनल कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा सिटीका केभिन डे ब्रुएनको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि आर्सनलका ट्रोसार्ड र सिटीका बर्नार्डो सिल्भाले लगातार गोल गरे ।

बुकायो साकाले तेस्रो प्रहार गोलमा परिणत गर्दा सिटीका मिडफिल्डर रोड्रीको प्रहार आर्सनलका गोलरक्षक आरोन राम्सडेलले बचाए । आर्सनलका फाबियो भिएराले चौथो प्रहारमा गोल गर्दै आर्सनललाई शिल्ड दिलाए ।
पहिलो हाफमा सिटीले बिर्सनलायक प्रदर्शन गर्दा आर्सनलका लागि काइ हाभर्ट्जले अग्रता दिलाउने अवसर गुमाए । सिटीका जर्मन गोलरक्षक स्टेफान ओर्टेगा तुलनात्मक रुपमा बढी व्यस्त देखिएका थिए । नर्वेली फरवार्ड एर्लीङ हालान्डका लागि खेल बिर्सनलायक बन्यो । प्रशिक्षक गुआर्डीओलाले उनको स्थानमा ६४ औं मिनेटमा पाल्मरलाई मैदान पठाएका थिए ।
७७ औं मिनेटमा पाल्मरको दर्शनीय गोलमा सिटीले अग्रता लिएको थियो । केभिन डे ब्रुएनले हेडरमार्फत दिएको पासलाई पाल्मरले पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै सेकेन्ड बारमा सुन्दर गोल गरे ।
खेलमा ८ मिनेटको इन्ज्युरी समय थप गरिएपनि उक्त समयमा खेलाडी घाइते हुँदा खेल लम्बिएको थियो । आर्सनलले इन्ज्युरी समयको ११ औं मिनेटमा बराबरी गोल फर्कायो । लिआन्द्रो ट्रोसर्डले गरेको प्रहार डिफेन्डर म्यानुएल अकान्जीलाई लाग्दै गोलमा परिणत भएको थियो । उक्त गोलसँगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]