default_image

2 years ago

August 6, 2023

अल नासर अरब क्लब कपको सेमिफाइनलमा

4199 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासर अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा मोरक्कोको राजा क्लासबान्कालाई हराउँदै अल नासर अन्तिम चारमा प्रवेश गरेको हो ।

अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले १-१ गोल गरेका थिए । रोनाल्डोले १९ औं मिनेटमा सुरुवाती अग्रता दिलाएपछि अल नासरले राम्रो सुरुवात गरेको थियो । एन्डरसन टालिस्का सिर्जना गरेको सुन्दर मुभलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए ।

२९ औं मिनेटमा अल घानमले अग्रता दोब्बर पारे । उनले अब्दुल्लाह अल खैबारीको पासलाई पेनाल्टी क्षेत्रको दायाँ भागबाट शक्तिशाली प्रहारमार्फत गोल गरे ।

३८ औं मिनेटमा फोफानाले ब्राजिलियन डिफेन्डर एलेक्स टेलेसको क्रसमा हेडरमार्फत गोल गर्दै ३-० को अग्रता दिलाए । ४१ औं मिनेटमा अब्दुल्लाह मादुले आत्मघाती गोल गर्दा क्लासबान्का खेलमा फर्कने संकेत देखिएको थियो । तर त्यसपछि दोस्रो हाफमा गोल हुन नसक्दा अल नासर सेमिफाइनलमा पुगेको हो ।

अल नासरले अब सेमिफाइनलमा इराकको अल शोर्ताको सामना गर्नेछ । शनिबार भएको क्वाटरफाइनलमा कतारको अल साद इराकको अल शोर्तासँग पराजित भयो । अल सादका अक्रम अफिफले दुई गोल गरेपनि टोली ४-२ ले पराजित भएको थियो ।

शनिबार नै भएको खेलमा अल हिलालले अल इतिहादमाथि ३-१ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अल इतिहादका लागि फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले पेनाल्टी चुकाए ।

अल हिलालले खेलको १४ औं मिनेटमा सर्गे मिलिन्कोभिच साभिचको गोलमा अग्रता लिएको थियो । उनले पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसले दिएको बलमा हेडरमार्फत गोल गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा साउदी फरवार्ड सालेम अल दावसारीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा अल इतिहादले गोल गर्दै खेलमा फर्कने संकेत दियो । इगोर कोरोनादोको पासमा ब्राजिलियन फरवार्ड रोमारिन्होले गोल गर्दै २-१ को स्थिति बनाए ।

तर ७० औं मिनेटमा अल हिलालले पुन: २ गोलको अग्रता लियो । यासिर अल सहरानीले दिएको बललाई माल्कमले हेडरमार्फत गोल गरे । ७९ औं मिनेटमा करीम बेन्जेमाले पेनाल्टीको सदुपयोग गर्न नसक्दा अल इतिहाद खेलमा फर्कन सकेन ।

आज हुने अन्तिम क्वाटरफाइनलमा साउदीको अल शबाबले यूएईको अल वाह्दाको सामना गर्नेछ । यो खेल रातको ११:४५ बजे हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.