2 years ago
August 7, 2023
एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी सानदार पुनरागमन जितेका साथ लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एफसी डालासलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो । डालासको घरेलु मैदानमा निर्धारित समयको खेल ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
मायमीले सुरुवाती अग्रता लिएपनि त्यसपछि भने डालास खेलमा फर्किएको थियो । ८३ अौं मिनेटसम्म ४-२ ले अघि रहेपनि ५ मिनेटको अन्तरमा मेस्सीको लगातार दुई फ्रिकिकमा गोल निस्कँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको छैटौं मिनेटमा कप्तान मेस्सीले मायमीलाई अग्रता दिलाएका थिए । लेफ्ट ब्याक जोर्डी अल्बाको कटब्याकलाई मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाटै बटम कर्नर भेटे ।
३७ अौं मिनेटमा फाकुन्डो क्विगननले बराबरी गोल फर्काए । मार्को फार्फानको पासमा उनले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्ड कामुंगोले डालासलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६३ अौं मिनेटमा एलन भेलास्कोले ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल हुँदा डालास ३-१ ले अघि बढ्यो । त्यसको २ मिनेटपछि अल्बाकै पासमा क्रेमास्कीले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
तर ६८ अौं मिनेटमा डालासले अर्को गोल थप्यो । रोबर्ट टेलरले लो क्रस बचाउने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगे । ८० अौं मिनेटमा डालासका मार्को फार्फानले पनि आत्मघाती गोल गर्दा मायमीलाई पुनरागमनको बाटो खुल्यो । मेस्सीको फ्रिकिकमा उनको हेडर आफ्नै पोस्टमा गोल भयो ।
८५ अौं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्र बाहिर दायाँ भागमा पाएको फ्रिकिकलाई टप कर्नरमा गोल गरे ।
टाइब्रेकरमा मायमीको सबै ५ प्रहार गोल हुँदा डालासका लागि दोस्रो प्रहारमा पाक्सटन पोमीकाल चुकेका थिए । मायमीका लागि मेस्सी, सर्जियो बुस्केट्स, लुइस काम्पाना, कमाल मिलर र क्रेमास्कीले गोल गरे ।
मायमीले अब क्वाटरफाइनलमा भोली हुने ह्युस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]