default_image

2 years ago

August 7, 2023

इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

1837 views

0 Bookmark

ब्रिसवन – टाइब्रेकरमा नाइजेरियालाई पराजित गर्दै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेको हो ।निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइदा इंग्ल्यान्डले बाजी मारेको हो ।

टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् । जर्जिया स्टानवेले गोल गर्न सकिनन् । नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न सफल हुँदा डिसाएर ओपारानोजी र मिचेली एलोजीले गोल गर्न सकिनन् ।

त्यसअघि ब्रिसवन स्टेडियम अष्ट्रेलियमा सोमबार भएको खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले बल पोसेसन राख्दै लगातार दवा सिर्जना गरेपनि नाइजेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

३२औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिएको थियो । ८७औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो । लौरेन जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

सुरुवातमा पहेलो कार्ड देखाइएपनि पछि भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।
अब इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यि दुई टोलीले ८ अगस्टमा खेल्दैछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.