2 years ago
August 7, 2023
सिड्नी – डेनमार्कमाथि सहज जित हात पार्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई २–० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । अष्ट्रेलियाको जितमा केटलिन फुर्ड र हेले रासोले गोल गरिन् । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो।
स्टेडियम अष्ट्रेलिया सिड्नीमा प्रतिस्पर्धात्मक बनेको खेलको २९औं मिनेटमा केटलिन फुर्डले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । उनले मारी फोलेरको पासमा गोल गर्न सफल भइन् ।
७१औं मिनेटमा हेले रासोले गोल गर्दै अष्ट्रेलियाको सहज जित पक्का गरिन् । इमिली भान इगमन्डको ब्याक पासलाई उनले सुन्दर गोलमा परिणत गर्न सफल भएका थिए ।
अष्ट्रेलिया ८ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो । यसअघि अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा गरी लगातार तेस्रोपटक फाइनलमा पुग्न सफल भएको थियो । अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
अष्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यि दुई टोली फ्रान्स र मोरोक्कोले मंगलबार प्रतिस्पर्धा गर्दैछ ।

आज नै नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइदा इंग्ल्यान्डले बाजी मारेको हो ।
टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् । जर्जिया स्टानवेले गोल गर्न सकिनन् । नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले मात्रै गोल गर्न सफल हुँदा डिसाएर ओपारानोजी र मिचेली एलोजीले गोल गर्न सकिनन् ।
त्यसअघि ब्रिसवन स्टेडियम अष्ट्रेलियमा सोमबार भएको खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले बल पोसेसन राख्दै लगातार दवा सिर्जना गरेपनि नाइजेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।
८७औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो । लौरेन जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । सुरुवातमा पहेलो कार्ड देखाइएपनि पछि भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।
अब इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा खेल्नेछ । यि दुई टोलीले ८ अगस्टमा खेल्दैछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]