2 years ago
August 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबले आज साँझ एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स नभएका कारण लिगको उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धाको मौका पाएको हो । गत वर्ष लिग विजेताका रुपमा मछिन्द्रले एएफसी कपको प्ले अफमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दा हार बेहोरेको थियो ।
यसपटक मच्छिन्द्रले बलियो टोली बनाएको छ । टोलीले यसपटक लिग खेलेका टोलीमा राष्ट्रिय टोलीका युवा स्टारसहित ८ खेलाडी थपेको छ । मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टसहित राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठाई पनि समेटेको छ ।
त्यस्तै रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा पनि मच्छिन्द्रमा छन् । रेजिनले गत संस्करणमा मच्छिन्द्रलाई लिग उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए । कागजी प्रक्रिया पूरा नभएका कारण मेसुकेले भने आज खेल्ने सम्भावना कम छ ।
मच्छिन्द्रले ए डिभिजन खेलेका १५ खेलाडीलाई निरन्तरता दिएको छ । कप्तान विशाल श्रेष्ठ टोलीमा नियमित रहँदा उनलाई प्रदिप भण्डारी दोस्रो गोलरक्षक र लुज महर्जन तेस्रो गोलरक्षक छन् । फरवार्ड विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बु, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा यथावत छन् ।
मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई पनि नियमित छन् । डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक पनि टोलीमा रहेका छन् ।
मच्छिन्द्र र पारोबीचको विजेताले साउन ३१ गते भारतीय क्लब बमोहन बगान सुपर जायन्टको सामना गर्नेछ । मछिन्द्र र पारोको खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ राखिएको छ । टिकट इसेवामार्फत खरिद गर्न सकिने बताइएको छ ।
मच्छिन्द्र फुटबल क्लबको टोली
गोलरक्षक (३) : विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन
डिफेन्डर (६) : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक
मिडफिल्डर (५) : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई
फरवार्ड (९) : विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]