9 years ago
January 14, 2017
धनगढी (हाम्रो खेलकुद) – संकटा क्लबलाई १-०ले पराजित गर्दै लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लबले धनगढीमा जारि खप्तड गोल्डकपको उपाधि जितेको छ।

फाइल तस्बिर
खेलको तेश्रो मिनेटमा नै कप्तान अनिल गुरुङको गोलबाट अग्रता बनाएको मनाङलाई उक्त गोल उपाधि जित्न काफी रह्यो। संकटाले खेलमा केहि मौका पाएपनि त्यसको फाइदा उठाउन नसक्दा खेलमा पराजय भोग्नु पर्यो। खेलको ८२औं मिनेटमा मनाङका डिफेन्डर कमल श्रेष्ठले बक्सभित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा मिडफिल्डर विश्व अधिकारी चुकेपछि संकटाको उपाधि जित्ने आशा बिलाएको थियो।
जितसंगै मनाङले नगद रु. पाँच लाख हात पार्यो। फाइनल खेलको म्यान अफ द म्याच मनाङका कप्तान एवं गोलकर्ता अनिल गुरुङ घोषित भए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]