default_image

4 months ago

August 9, 2023

आर्मीले डुरान्ड कपमा दिल्लीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कप अन्तर्गत समूह ई को खेलमा आज दिल्ली फुटबल क्लबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे हुनेछ । आर्मीले प्रतियोगितामा पहिलो खेल खेल्दा दिल्लीले भने दोस्रो खेल खेल्न लागेको हो । दिल्लीले यसअघि आइतबार भएको खेलमा हैदरावादसँग १-१ को बराबरी खेलेको […]

3613 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कप अन्तर्गत समूह ई को खेलमा आज दिल्ली फुटबल क्लबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे हुनेछ ।

आर्मीले प्रतियोगितामा पहिलो खेल खेल्दा दिल्लीले भने दोस्रो खेल खेल्न लागेको हो । दिल्लीले यसअघि आइतबार भएको खेलमा हैदरावादसँग १-१ को बराबरी खेलेको थियो । दिल्लीले सुरुवात अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएको थियो ।

आर्मीले अनुभवी फरवार्ड भरत खवास र राष्ट्रिय टोलीको क्याम्पमा परेका युवा फरवार्ड जिलेस्पी जंग कार्कीबिना नै भारत यात्रा गरेको छ । प्रशिक्षक मेघराज केसीले आर्मी फर्किएसँगै नयाँ खेलाडीलाई प्राथमिकतामा राखेका छन् ।

आर्मीले दिल्लीविरुद्ध खेलेपछि अर्को सोमबार चेन्नईयनसँग खेल्नेछ । अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदरावादसँग हुनेछ । हरेक समूहबाट समूह विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । ६ समूह मध्यबाट उत्कृष्ट दुई दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी टेन २ र सोनी लिभले गरेको छ ।

आर्मीको टोली :

विकेश कुथु, सम्मित श्रेष्ठ, विप्लव गुरुङ, नविन परियार, नवयुग श्रेष्ठ, टेकबहुदर बुढाथोकी, युद्ध शाही, टंक बस्नेत, जितेन्द्र कार्की, पदम तामाङ, विमल पाण्डे, सन्तोष केसी, भरत चौधरी, भुपेन्द्र रायमाझी, आशिष शाक्य, रिपू भुलान, दिसान्त राई, वसन्त जिम्बा, वसन्त तामाङ, सिद्धान्त चौधरी, सुदिल राई, सुरोज बस्नेत, सुशान्त चौधरी, फत्तेमान घले, कमल थापा, निरज शाह, किरण खड्का, आशिक चौधरी, सेसेहाङ आङदेम्बे, दिनेश हेन्जन

December 1, 2023

एनएसएलमै चितवनको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) इतिहासमा पहिलो जित दर्ता गरेको छ। पहिलो संस्करणमा जित विहिन रहेको चितवनले दोस्रो संस्करणको तेस्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो। चितवनले शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई २-१ ले पराजित गर्यो। चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक-एक गोल गरे। वीरगन्जका लागि भने […]

December 1, 2023

एन्फा रेफ्री ढुंगानाको निधन

बिर्तामोड (हाम्रो खेलकुद)- एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्रीको कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री […]

December 1, 2023

विमलको गोलमा चितवनलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार चितवन एफसीले मध्यान्तर सम्म वीरगन्ज युनाइटेड एफसी विरुद्ध अग्रता बनाएको छ। विमल घर्ती मगरको गोलको मद्दतले एनएसएल इतिहासमा पहिलो जित खोजिरहेको चितवनले १-० को अग्रता बनाएको हो। चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ। खेलमा चितवन बलियो देखिएपनि वीरगन्जले पनि मौकाहरु भने सृजना […]

Success

Thank you for your time.