default_image

2 years ago

August 9, 2023

डुरान्ड कपमा आर्मी जितबाट बन्चित

6733 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा दिल्ली फुटबल क्लबविरुद्ध जितबाट बन्चित भएको छ ।

बुधबार आसामको कोक्राझारस्थित साइ मैदानमा ८८ औं मिनेटमा गोल खाँदा आर्मी र दिल्लीको खेल १-१ को बराबरीमा टुंगियो। पहिलो हाफमा दिनेश हेन्जनले गरेको गोलमा आर्मी अघि बढेको थियो ।

दोस्रो हाफमा दिल्लीले पुनरागमनको प्रयास गर्दा गोलरक्षक विकेश कुथुलाई बिट गर्न निकै प्रयास गरेको थियो । अन्तिम ३ मिनेट सम्हालिन नसक्दा आर्मी अंक बाँड्न बाध्य भयो ।

पहिलो हाफको ३९ औं मिनेटमा दिल्लीका गोलरक्षकले गरेको गल्तिको फाइदा उठाउँदै आर्मीले अग्रता लिएको थियो । नवयुग श्रेष्ठको क्रस गोलरक्षक पवन कुमारले फुस्काएपछि कमल थापाले दिएको पास दिनेशले गोलमा परिणत गरेका थिए ।

८८ औं मिनेटमा दिल्लीले बराबरी गोल फर्काएको थियो । सुरुवाती प्रहार क्रसबारमा लगेर फर्केपनि रिबाउन्डमा गिरीक घोश्लाले हेडरमार्फत गोल गर्दा दिल्ली खेलमा फर्किएको थियो ।

दिल्लीको यो लगातार दोस्रो बराबरी हो । यसअघि पहिलो खेलमा आइएसएल टोली हैदरावाद र दिल्लीको खेल १-१ कै बराबरीमा सकिएको थियो । समूहमा अर्क खेल भोली चेन्नईयन र हैदरावाद बीच हुनेछ ।

आर्मीले अब दोस्रो खेलमा सोमबार चेन्नईयनसँग खेल्नेछ । अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदरावादसँग हुनेछ । हरेक समूहबाट समूह विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । ६ समूह मध्यबाट उत्कृष्ट दुई दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.