default_image

2 years ago

August 9, 2023

फुटबल खेलाडीलाई एमआरआईमा छुट

754 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल खेलाडीहरुको छाता संगठन अखिल नेपाल फुटबल खेलाडी संघको पहलमा फुटबल खेलाडीहरुलाई एमआरआई लगायत अन्य परिक्षणमा छुट हुने भएको छ ।

खेलाडी संघले बुधबार जारी गरेको विज्ञप्ति अनुसार संघले ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायग्नोष्टिक सेन्टर प्रालि र
अल फर बल बीच त्रिपक्षीय सम्झौता गरेको हो । सम्झौता अनुसार ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायग्नोष्टिक सेन्टर प्रालिले प्रदान गर्ने सेवामा खेलाडीलाई ५०% छुट प्रदान गरिनेछ ।

यसबाट पुरुषतर्फ ए,बी र सी डिभिजन लिग तथा महिलातर्फ राष्ट्रिय लिग खेलेका खेलाडी तथा राष्ट्रिय टोली वा उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दा चोट बोकेका खेलाडीलाई छुटको सुविधा हुनेछ । यस्तै यी खेलाडीको अभिभावकले पनि २५ प्रतिशत छुटको सुविधा प्राप्त गर्नेछन् ।

संघले विपन्न वर्गका खेलाडीलाई भने शत प्रतिशत छुट उपलब्ध गराउने जनाएको । संघले यसका लागि अल फर बल र थ्री टेस्लाले फुटबल सम्बन्धि कार्यक्रम आयोजना गर्दा आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायग्नोष्टिक सेन्टर प्रालि ललितपुरको जावलाखेलमा अवस्थित छ । खेलाडीले चोट बोक्दा प्रायजसो प्रयोग गर्नुपर्ने स्वास्थ्य परिक्षण यस संस्थामा उपलब्ध हुँदा खेलाडीलाई आर्थिक भार कम हुनुका साथै अत्याधुनिक उपकरणमा उच्च स्तरीय सेवा प्रदान गर्ने विश्वास संस्थाले लिएको छ ।

खेलाडी संघले यसै महिना मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष फुटबल गतिविधिबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । यसबाहेक संघले क्लब र खेलाडीबीच समन्वय गर्नुका साथै समस्यामा परेका खेलाडीलाई समाधानका लागि साथ सहयोग गर्दै आएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.