2 years ago
August 10, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवाले प्रशिक्षणका क्रममा गम्भीर चोट बोकेका छन् ।

विहीबार प्रशिक्षणका क्रममा बायाँ घुँडामा चोट बोकेपछि कोर्टुवा आँशु झर्दै मैदान छाडेका थिए । उनलाई तुरुन्त थप परिक्षणका लागि लागिएको थियो । प्रारम्भिक जाँचले नै कोर्टुवाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) मा चोट लागेको बुझिएको छ ।
आइतबार ला लिगा अन्तर्गत एथ्लेटिक बिल्बाओविरुद्ध खेलका लागि तयारी गर्ने क्रममा कोर्टुवाले चोट बोक्न पुगेका हुन् । एसिएल चोट फुटबलमा सबैभन्दा गम्भीर चोट मध्यम गनिन्छ । यो चोटबाट पुनरागमन गर्न शल्यक्रियापछि ६ देखि ९ महिना लाग्छ ।
यसै चोटका कारण कतिपय खेलाडीको करिअर नै पूर्णविराम समेत लागेको छ । अझ गोलरक्षकको हकमा यो चोट निकै दुर्लभ र पुर्ण रुपमा ठिक भएर मैदान फर्कन धेरै समय लाग्ने गर्दछ ।

कोर्टुवाले रियल म्याड्रिडमा पहिलो रोजाइका रुपमा खेल्दै आएको लामो समय भइसकेको छ । उनको चोटसँगै अब क्लबसँग आन्द्रिए लुनिन विकल्पका रुपमा रहेका छन् । क्लबले ट्रान्सफर बजारमा विकल्पको खोजी गर्ने सम्भावना बलियो छ ।
सन् २०१८ मा चेल्सीबाट आएका कोर्टुवाले रियलबाट २ सय ३० पटक खेल्दै दुई पटक स्पेनिस ला लिगा र एक पटक च्याम्पियन्स लिग जितिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]