default_image

2 years ago

August 10, 2023

रवि, पुजन र निशान पनि अष्ट्रेलियातर्फ लागे

4569 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थप ३ व्यवसायिक फुटबल खेलाडी अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी बिहीबार त्यसतर्फ गएका हुन् ।

राष्ट्रिय टोली तथा मच्छिन्द्र क्लबका मिडफिल्डर पुजन उपरकोटी र संकटा क्लबका डिफेन्डर निशान खड्का तथा राष्ट्रिय टोलीबाट खेलिसकेका नेपाल पुलिस क्लबका वि‌गर रवि श‌कर पासवान अष्ट्रेलिया गएका हुन् ।

यसअघि सोमबार सातदोबाटो युवा क्लबका फरवार्ड दीपकराज सिंह ठकुरी अष्ट्रेलियाका गएका थिए । पछिल्लो एक वर्षमा झण्डै ५० नेपाली व्यसायिक खेलाडी विदेश पलायन भएका छन् । पुजनका अनुसार उनी र निशान अष्ट्रेलियामा रहेको नेपालीहरुको क्लब नेपाल युनाइटेड र रविन एफसी फेवाबाट फुटबल खेल्नेछन् ।

पुजनले राष्ट्रिय टोलीबाट २२ खेल खेलेका छन् । सन् २०२० मा बंगलादेशविरुद्ध खेल्दै पुजनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । सन् २०२१ मा बंगलादेशविरुद्ध खेल्दै निशानले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनले राष्ट्रिय टोलीबाट २ खेल खेलेका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को अक्सनको तयारी हुँदै गर्दा अष्ट्रेलिया पुगेका केही खेलाडी भने स्वदेश फर्कने तयारीमा रहेको चर्चा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.