2 years ago
August 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा जारीे
‘एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता’ को क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

दोस्रो दिन बिहीबार लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमा शीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल अन्तिम आठमा प्रवेश गरेका छन् । समूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्स ए टिम (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले क्वार्टरफाइनल पुगेका थिए ।
जोसेफले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजित गर्दै समूह ‘ए’ मा शीर्षस्थान हासिल गरेको हो । समूह ‘बी’ को शीर्षस्थानमा रहेने क्रममा लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० ले परािजत ग¥यो भने साम्तेन स्कुलबाट वाकओभर पाएको थियो ।
माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा शीर्षस्थानमा रह्यो । मनकामनाले बोधीसदनलाई २–० र न्याम्सलाई ६–१ पराजित गर्यो भने टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ को शीर्षस्थानमा रह्यो ।
ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३–० र नेपालयलाई ३–० ले पन्छाउँदै समूह ‘जी’ मा पहिलो स्थान प्राप्त गर्यो । तीन टिम रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो आयोजकले जनाएको छ ।
त्यसपछि भएको प्रतिस्पर्धामा वेदव्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुटआउटमा ३–२ को जित हाँसिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । क्वाटरफाइनलमा जेसेफले चेल्सीविरुद्ध खेल्ने छ भने लिभिङ वर्डले रिब्सको सामना गर्ने छ । त्यस्तै, माउन्ट ग्लोरीले ब्रम्हकुञ्जविरुद्ध प्रतिस्पर्धा गर्ने छ भने मनकामना स्कुलले वेदव्यासविरुद्ध भिड्ने छ ।
प्रतियोगिताको समूह चरणमा २९ वटा स्कुलका ३० वटा टिमले विभिन्न आठ समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए । एनएमबी बैंकको प्रायोजनमा भइरहेको तीन दिने प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू शुक्रबार सञ्चालन हुने छ । फाइनल दिउँसो ३ बजे सुरु हुने आयोजक कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर
(बद्री) भट्टराईले बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]