2 years ago
August 10, 2023
एजेन्सी – फरवार्ड ह्यारी केनका लागि बुन्डेसलिगा टोली बायर्न म्युनिखले गरेको ट्रान्सफर प्रस्ताव टोटेनहम हट्सपरले स्वीकारेसँगै ट्रान्सफर सम्पन्न हुने सम्भावना बलियो भएको छ ।

युरोपेली सन्चारमाध्यमका अनुसार बायर्नले १ सय मिलियन युरोमा केनलाई भित्राउने टोटेनहमसँग सहमति भएको बताइएको छ । इंग्ल्यान्डका कप्तान समेत रहेका केन १ सय मिलियनमा आबद्ध भए भने बायर्नको इतिहासमा सबैभन्दा महंगा खेलाडी हुनेछन् ।
तर यसअघि नै बायर्न र केनबीच मौखिक सहमति भएको चर्चा चलेपनि अहिले भने जर्मन क्लब केनको निर्णयको प्रतीक्षामा रहेको छ । दुई क्लबबीच सहमति भएपनि केनले अन्तिम निर्णय लिएपछि मात्र ट्रान्सफर सम्पन्न हुनेछ ।
ट्रान्सफर विन्डोको सुरुवातमा बायर्नका पदाधिकारीले च्याम्पियन्स लिग जित्ने अपेक्षासहित केनलाई अनुबन्ध गर्ने बताएका थिए । केन आफैं पनि माथिल्लो स्तरको प्रदर्शनका साथ उपाधि जित्नका लागि प्रिमियर लिग र टोटनहम छोड्न तयार भएको अनुमान गरिएको थियो ।
टोटनहमसँगको केनको सम्झौता सन् २०२४ जुनसम्म रहेको छ । त्यसैले पनि टोटेनहमले नयाँ सम्झौता नगरे केनलाई सित्तैमा अन्य क्लब जान नदिन बायर्नको प्रस्ताव स्वीकार गरेको हो ।
केनले टोटेनहम छोड्ने निर्णय गरे उनी यो सिजन बायर्न पुग्ने चौथो खेलाडी हुनेछन् । दक्षिण कोरियाली डिफेन्डर किम मिन जे ५० मिलियन युरो तथा मिडफिल्डर कोनराड लेइमर र डिफेन्डर राफेल गुरिरो फ्रि एजेन्टमा बार्यनमा आबद्ध भएका हुन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]