4 months ago
August 11, 2023
वेलिङटन – उपाधि दावेदार नेदरल्यान्ड्समाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । साविकको उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान पक्का गरेको हो । तेस्रो पटक विश्वकप खेलिरहेको स्पेनको यो सबैभन्दा राम्रो नतिजा हो । यसअघि स्पेन प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन […]
वेलिङटन – उपाधि दावेदार नेदरल्यान्ड्समाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साविकको उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान पक्का गरेको हो । तेस्रो पटक विश्वकप खेलिरहेको स्पेनको यो सबैभन्दा राम्रो नतिजा हो ।
यसअघि स्पेन प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । स्पेनको जितमा मारीओना कालडेन्टे र साल्मा पारालुइलोले गोल गरिन् । नेदरल्यान्ड्सकी स्टेफानी भान डर ग्राटले एक गोल फर्काइन् ।
न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा शुक्रबार भएको खेलमा स्पेनले बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको ३७औं मिनेटमा एस्तर गोन्जालेजले गोल गरेपनि भिएआरबाट गोलले मान्यता नपाउँदा स्पेन अग्रता लिनबाट चुक्यो ।८१औं मिनेटमा मारीओना कालडेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् ।
साल्मा पारालुइलोको क्रसलाई पेनाल्टी बक्समा स्टेफानी भान डर ग्राटले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्पेनलाई पेनाल्टी प्रदान गर्दा मारीओना चुकिनन् । तर, स्पेनले त्यो अग्रतालाई इन्ज्युरी समयमा जोगाउन सकेन ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टेफानी भान डर ग्राटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै अतिरिक्त समयमा लम्ब्याइन् ।
उनले भिक्टोरिया पेलोभाको पासमा गोल गर्न सफल भएकी थिइन् । निर्धारित समयको थप गरिएको १२ मिनेमा थप गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बियो ।
१११आं मिनेटमा साल्मा पारालुइलोले गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाएर अन्तिम चारको यात्रा तय गराइन् । उनले जेनिफर हर्माेसोको पासलाई सदुपयोग गरिन् । अब स्पेनले सेमिफाइनलमा जापान र स्वीडेनबीचको विजेतासँग खेल्नेछ ।
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) इतिहासमा पहिलो जित दर्ता गरेको छ। पहिलो संस्करणमा जित विहिन रहेको चितवनले दोस्रो संस्करणको तेस्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो। चितवनले शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई २-१ ले पराजित गर्यो। चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक-एक गोल गरे। वीरगन्जका लागि भने […]
December 1, 2023
बिर्तामोड (हाम्रो खेलकुद)- एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्रीको कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री […]
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार चितवन एफसीले मध्यान्तर सम्म वीरगन्ज युनाइटेड एफसी विरुद्ध अग्रता बनाएको छ। विमल घर्ती मगरको गोलको मद्दतले एनएसएल इतिहासमा पहिलो जित खोजिरहेको चितवनले १-० को अग्रता बनाएको हो। चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ। खेलमा चितवन बलियो देखिएपनि वीरगन्जले पनि मौकाहरु भने सृजना […]