default_image

2 years ago

August 11, 2023

जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा

5136 views

0 Bookmark

अकल्यान्ड – उपाधि दावेदार जापानमाथि राेमाञ्चक जित हात पार्दै अर्काे उपाधि दावेदार स्वीडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाइनलमा जापानलाई २–१ ले पराजित गर्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का गरेको हो । स्वीडेनको जितमा एमान्डा र फिलिपा आंगेलदलले गोल गरिन् । जापानकी होनोका हायासीले एक गोल फर्काइन् ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलको ३२औं मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाइन् ।

फ्रिकिबाट आएको बललाई जापानी गोलरक्षक एयाका यामासिताले पञ्च गर्दै बचाएपनि राम्रोसँग क्लियर हुन नसकेको बललाई हुलमुलमा जापानी डिफेन्डरले लगातार ब्लक गरेपनिचौथो प्रयासमा एमान्डाले गोल गर्न सफल भइन् । जारी विश्वकपमा डिफेन्डर एमान्डाको यो चौथो गोल हो ।

४२औं मिनेटमा कप्तान कोसोभारे एस्लानीको प्रहारलाई गोलरक्षक यामासिताले सुन्दर बचाउ गरेपनि उनको हातबाट फुत्किएको बल पोस्टमा लाग्दै फर्कदा स्वीडेन अग्रता दोब्बर पार्नबाट चुक्यो । ४७औं मिनेटमा यामासिताले सुन्दर बचाउ गर्दै जापानलाई खेलमा कायम राखिन् ।

५१औं मिनेटमा फिलिपाले पेनाल्टीमा गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा नागानोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा फिलिपा चुकिनन् ।

दुई गोलले पछि परेको जापानले त्यसपछि आक्रमक फुटबल खेल्दै स्वीडेनमाथि दवाव बढायो । ७६औं मिनेटमा जापानले पेनाल्टीको अवसर पाएपनि रिको युकीले गोल गर्न नसक्दा जापान गोल अन्तर कम गर्नबाट चुक्यो ।

रिको युकीलाई नै जानोजीले पेनाल्टी बक्समा फउल गरेपनि रेफ्रीले पेनाल्टी प्रदान गर्दा उनैले गरेको पेनाल्टी प्रहार क्रसबारमा लाग्दै फर्कियो । रिवाउन्डको उनकै हेडर आकासियो ।

८७औं मिनेटमा होनोकाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याइन् । उत्कृष्ट मुभ सिर्जना गर्दै जापानले गोल गर्न सफल भएको थियो । सेइकीले क्रसलाई क्लियर हुन नसक्दा हायासीले सुन्दर गोल गरिन् । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेसिरा मुसोभिचले बचाउँ गर्दै स्वीडेनलाई खेलमा कायम राखिन् ।

जापान क्वाटरफाइनलबाट बाहिरिएसँगै फिफा महिला विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । यसअघि आठ संस्करण सकिदा अमेरिकाले चार, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पल्ट विश्वकप जितेको थियो । चारपल्टको च्याम्पियन अमेरिका र नर्वे प्रि–क्वाटरफाइनलबाट बाहिरिदा जर्मनी भने समूह चरणबाटै बाहिरिएको थियो ।

अब स्वीडेनले सेमिफाइनलमा स्पेनसँग खेल्नेछ । स्पेनले शुक्रबारै नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । तेस्रो पटक विश्वकप खेलिरहेको स्पेनको यो सबैभन्दा राम्रो नतिजा हो ।

यसअघि स्पेन प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । स्पेनको जितमा मारीओना कालडेन्टे र साल्मा पारालुइलोले गोल गरिन् । नेदरल्यान्ड्सकी स्टेफानी भान डर ग्राटले एक गोल फर्काइन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.