2 years ago
August 12, 2023
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा एर्लिङ हालान्डले दुई गोल गरेपछि सिटीले नवप्रवेशी बर्नलीमाथि ३-० को जित दर्ता गरेको हो । गत सिजन गोल्डेन बुट जितेका हालान्डले खेलको पहिलो हाफमा नै २ गोल गरेका थिए । अर्को गोल दोस्रो हाफमा रोड्रीले गरे ।
खेलको तेस्रो मिनेटमै हालान्डले नयाँ सिजनको खाता खोले । बायाँ विंगबाट केभिन डि ब्रुएनले दिएको क्रसमा रोड्रीले पास मिलाएपछि हालान्डले सहजै फिनिस गरेका थिए ।
खेलको २१ अौं मिनेटमा कप्तान डि ब्रुएन चोट बोक्दै मैदान छाड्न बाध्य भए । तर सिटीको आक्रमण भने रोकिएन । ३६ अौं मिनेटमा काइल वाल्करले दायाँ विंगबाट सुरु गरेको आक्रमणमा हालान्डले दोस्रो गोल गरे ।
वाल्करको क्रस जुलियन अल्भारेजलाई रोक्दै हालान्डलाई दिँदा नर्वेली फरवार्डले बायाँ खुट्टाले पहिलो टचमा उत्कृष्ट फिनिस गरे ।
दोस्रो हाफको ७५ अौं मिनेटमा रोड्रीले गोल थप्दै सिटीको जित पक्का गरे । इन्ज्युरी समयमा बर्नलीका अनास जरुरीले रातो कार्ड पाएका थिए ।
सिटीले अब युरोपेली सुपर कपमा बुधबार सेभिल्लाको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]