default_image

2 years ago

August 12, 2023

केन बायर्नमा आबद्ध

1736 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखमा नयाँ कीर्तिमानका साथ ह्यारी केन आबद्ध भएका छन् । टोनेनहमबाट ३० वर्षे इग्ल्यान्ड फरवार्डका लागि बायर्नले १ सय मिलियन खर्च गरेको छ । बायर्नको इतिहासमा केन सर्वाधिक महंगा खेलाडी बनेका छन् ।

टोटेनहमका सर्वाधिक गोलकर्ता बनेका केनले नयाँ चुनौतीको सामना गर्ने क्रममा जर्मन क्लबब जाने निर्णय लिएका छन् । केन सन् २०२७ सम्मका लागि शनिबार बार्यनमा आबद्ध भएका हुन् । केन पछिल्लो एक दशकका इल्यान्डका उत्कृष्ट फरवार्डका रुपमा रहेका छन् । यद्दपी उनले क्लकाट लागि उपपाधि भने जित्न सकेनन् ।

बायर्नका लागि भने उनले बुन्डेसलिगालगायत च्याम्पियन्स लिग उपाधि जित्ने सम्भावना रहने बताइएको छ । बायर्नले केनअघि किम मिन जेका लागि ५० मिलियन युरो खर्च गरेको थियो । रोबेर्टो लेवान्डोस्कीले क्लब छाडेको अर्को सिजन बायर्न र साडियो मानेबीच सम्झौता हुन सकेन । त्यसका कारण पनि बायर्नले नयाँ फरवार्ड भित्राएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.