default_image

2 years ago

August 13, 2023

न्युकासलको सानदार सुरुवात

807 views

0 Bookmark

एजेन्सी – न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ । घरेलु मैदानमा एस्टन भिल्लालाई ५-१ ले पराजित गर्दै न्युकासलले पहिलो खेलमा फराकिलो जित दर्ता गर्यो ।

न्युकासलको जितमा एलेक्जेन्डर इसाकले २ तथा सान्ड्रो टोनाली, क्यालम विल्सन र हार्भी बार्न्सले १-१ गोल गरे । भिल्लाका लागि मौसा डियाबीले बराबरी गोल फर्काएपनि खेलमा नतिजा निकाल्न पर्याप्त रहेन । न्युकासलले दोस्रो हाफमै ३ गोल थपेको थियो ।

खेलको छैटौं मिनेटमा नै घरेलु टोलीले डेब्यु गरिरहेका इटालियन मिडफिल्डर टोनालीको गोलमा अग्रता लियो । बायाँ विंगबाट एन्थोनी गोर्डनले दिएको क्रसलाई टोनालीले ६ यार्ड बक्सभित्र आएर फिनिस गरे ।

११ औं मिनेटमा भिल्लाका लागि पनि डेब्यु गरिरहेका डियाबीले बराबरी गोल गरे । क्रसमा आएको बललाई वाटकिन्सले ६ यार्ड बक्सनजिक फ्लिक गरेपछि अनमार्क रहेका डियाबीले बललाई पोस्टको दिशा दिए ।

त्यसको ५ मिनेटपछि नै न्युकासलले इसाकको गोलमा अग्रता पुन: स्थापना गर्यो । लामो फ्रिकिकमा आएको बललाई स्वेन बोटम्यानले इसाकको दिशामा पठाएपछि स्विडिस फरवार्डले कुनै गल्ती गरेनन् ।

५८ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रभित्र भिल्लाका डिफेन्डरले गरेको गल्तीमा इसाकले गोल गरे । एज्री कोन्साबाट खोसेको बललाई इसाकले गोलरक्षक एमिलियानो मार्टिनेजको माथिबाट पोस्टतर्फ पठाएका थिए ।

७७ औं मिनेटमा हार्भी बार्न्सको पासमा क्यालम विल्सनले गोल गर्दै न्युकासललाई ४-१ ले अघि बढाए । इन्ज्युरी समयमा न्युकासलबाट डेब्यु गरिरहेका बार्न्स आफैंले गोल थपे । उनले जेकब मर्फीले मिडफिल्डबाट दिएको पासमा गोलरक्षकलाई बिट गरेका थिए ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार आर्सनलले पनि विजयी सुरुवात गर्यो । एडी एनकेटिया र बुकायो साकाको गोलमा आर्सनलले नटिङ्घमलाई २-१ ले हरायो । ताइवो अवोनियीले पाहुना टोलीका लागि एकमात्र गोल गरे ।

ब्राइटनले नवप्रवेशी ल्युटनमाथि ४-१ को जित दर्ता गर्दा फुलहमले एभर्टनको मैदानमा १-० को जित हासिल गर्यो । क्रिस्टल प्यालेस पनि सेफिल्ड युनाइटेडको मैदानमा १-० ले विजयी भयो । बर्नमाउथ र वेस्ट ह्यामको खेल १-१ को बराबरीमा सकियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.