default_image

2 years ago

August 13, 2023

रोनाल्डो चम्कँदा अल नासर च्याम्पियन

12531 views

0 Bookmark

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै १० खेलाडीमा समेटिएको अल नासर च्याम्पियन बनेको हो ।

अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलको गोल सान्त्वना बन्यो । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो । उनले माल्कोमको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिदा टोली थप समस्यामा पर्यो । अब्दुल्लाह अल एम्री सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर, १० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले सुल्तान अल घनामको पासलाई सदुपयोग गरेका थिए ।

७८औं मिनेटमा अल नासरका अल बोउसेल पिच बाहिर नवाफ पनि रातो कार्ड खाँदै बाहिरियो । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए । अरब क्लब च्याम्पियन्स कपमा ३८ वर्षीय रोनाल्डोको यो छैटौं खेलमा खेलमा छैटौं गोल हो ।

उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिको सबै खेलमा गोल गर्न सफल भए । दुई गोल गरिसकेका रोनाल्डो ११५औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.