4 months ago
August 13, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । डेब्यु गरेका मिडफिल्डर जुड बेलिंघमको गोलसँगै रियलले २-० को जित दर्ता गरेको हो । ब्राजिलियन विंगर रोड्रीगोले अग्रता दिलाएको खेलमा बेलिंघमले अर्को गोल थपेका थिए । बिल्बाओको घरेलु मैदान सान मामेसमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । गत सिजन […]
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । डेब्यु गरेका मिडफिल्डर जुड बेलिंघमको गोलसँगै रियलले २-० को जित दर्ता गरेको हो ।
ब्राजिलियन विंगर रोड्रीगोले अग्रता दिलाएको खेलमा बेलिंघमले अर्को गोल थपेका थिए । बिल्बाओको घरेलु मैदान सान मामेसमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । गत सिजन उपविजेतामा सिमित रियलले यसपटक लिग जित्ने लक्ष्य राखेको छ ।
खेलको २८ औं मिनेटमा रोड्रीगोले रियललाई अग्रता दिलाएका थिए । उनले ड्यानी कार्भाजलको पासमा निअर पोस्टबाट गोल गरेका थिए ।
३६ औं मिनेटमा बेलिंघमले गोलको खाता खोल्दै अग्रता दोब्बर पारे । डेविड अलाबाको कर्नरमा आएको बललाई गोलमा परिणत गर्दै उनले डेब्युलाई यादगार बनाए ।
लिग अन्तर्गत नै शनिबार रियल सोसीडाड र जिरोना तथा लास पाल्मास र मालोर्काले १-१ को बराबरी खेले ।
November 30, 2023
सुबास हुमागाईं, काठमाडौं बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ अन्तर्गत सुरुवाती दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ । अक्सनमा स्टार खेलाडी भित्र्याउन असफल बुटवलले नेपालमै उपलब्ध रहेका विदेशी खेलाडी अनुबन्ध गर्दै औसत टोली निर्माण गरेको छ । अझ टोलीको प्रशिक्षक विजय महर्जनले दोस्रो खेलमा गरेको निर्णय सुन्दा टोलीले लिगमा नतिजाको हिसाबमा […]
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओलावाले अफिजले इन्ज्युरी समयमा गोल गर्दा नेपाल सुपर लिग २ अन्तर्गत विहीबार धनगढी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । इन्ज्युरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा […]
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७३औं स्थानमा रहेको थियो। नेपालको १५.७७ वरीयता अंक घटेर ९४८.०५ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई र यमन विरुद्ध पराजय भोगेका कारण […]