2 years ago
August 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप छनोटको प्लेअफ अन्तर्गत दोस्रो चरणमा प्रतिस्पर्धा गर्न मछिन्द्र फुटबल क्लब आइतबार भारत प्रस्थान गरेको छ ।

मंगलबार भएको पहिलो प्लेअफमा भुटानको पारो फुटबल क्लबलाई हराएपछि मछिन्द्र दोस्रो चरणका लागि छनोट भएको हो । मछिन्द्रले पारोलाई ३-२ अन्तरले पराजित गरेको थियो । टोलीका लागि विमल घर्ती मगर, आयुष घलान र ओलावाले अफिजले १-१ गोल गरेका थिए ।
मछिन्द्रले अब प्लेअफको फाइनलमा पुग्न मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको खेल कोलकातास्थित साल्ट लेक रंगशालामा बुधबार हुनेछ । मोहन बगानले शनिबार डुरान्ड कपको समूह चरण खेलमा छिमेकी प्रतिद्वन्द्वी इस्ट बंगालसँग १-० को हार बेहोरेको थियो ।
मोहन बगान र मछिन्द्रबीच खेलको विजेताले फाइनलमा माल्दिभ्सको क्लब इगल्स र बंगलादेशको ढाका अबहानीबीच विजेतासँग खेल्नेछ । उक्त फाइनलको विजेताले सिधै समूह चरणमा स्थान पक्का गर्नेछ । समूह चरणमा भारतको ओडीसा र माल्दिभ्सको माजियाको स्थान पक्का भइसकेको छ । बंगलादेशको बसुन्धारा किंग्स भने च्याम्पियन्स लिगको प्लेअफ पार गर्न नसके छनोट हुनेछ ।

मछिन्द्रका लागि मोहन बगानविरुद्ध क्यामरुनका फरवार्ड मेसुके ओलोमोउ पनि खेल्ने सम्भावना रहेको छ । कागजी प्रक्रियाका कारण नेपाल आउन नसकेका भनिएका उनी हाल भारतमै स्थानीय प्रतियोगिता खेलिरहेका थिए । क्लबले उनी सोमबार कोलकाता आइपुग्ने जानकारी दिएको छ ।
पूर्ण टोली :
गोलरक्षक (३) : विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन
डिफेन्डर (६) : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक
मिडफिल्डर (५) : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई
फरवार्ड (९) : विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल
मुख्य प्रशिक्षक : किशोर केसी
सहायक प्रशिक्षक : सन्तोष न्यौपाने
फिजियो : सुरज भुषाल
व्यवस्थापक : अनिल श्रेष्ठ
सहायक व्यवस्थापक : शिरिष श्रेष्ठ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]