default_image

4 months ago

August 14, 2023

नेयमार साउदी प्रो लिग क्लबमा जाने

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार साउदी प्रो लिग खेल्ने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी प्रो लिग टोली अल हिलालबीच नेयमारलाई लिएर सम्झौता भएको छ । ९० मिलियन युरो र थप बोनससहित नेयमारलाई भित्राउन अल हिलाल तयार भएको हो । ३१ वर्षे नेयमारसँगको सम्झौता स्वास्थ्य परिक्षण र कागजी प्रक्रियापछि पूरा हुने बताएको […]

1797 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार साउदी प्रो लिग खेल्ने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी प्रो लिग टोली अल हिलालबीच नेयमारलाई लिएर सम्झौता भएको छ ।

९० मिलियन युरो र थप बोनससहित नेयमारलाई भित्राउन अल हिलाल तयार भएको हो । ३१ वर्षे नेयमारसँगको सम्झौता स्वास्थ्य परिक्षण र कागजी प्रक्रियापछि पूरा हुने बताएको छ ।

नेयमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमान रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । शनिबबार लोरियन्टसँग लिग वानको टोलीको पहिलो खेलमा नेयमार पिएसजीमा समावेश थिएनन् । टोलीका नयाँ प्रशिक्षक लुइस इन्रिकेले पनि नयाँ सिजनका लागि नेयमार आफ्नो योजनामा नरहेको बताएका थिए ।

नेयमारले अल हिलालबाट बार्षिक १ सय ५० मिलयन युरो प्राप्त गर्नेछन् । जुन रकम पिएसजीको भन्दा छ दोब्बर रहेको छ । पिएसजीमा १ सय ७३ खेल खेल्ने क्रममा उनले १३ उपाधि जितेका थिए । जस उनी ५ पटक लिग वान च्याम्पियन बनेका थिए । सन् २०२० मा नेयमार सम्मिलित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

पिएसजीमा रहँदा उनी अनेकौं पटक चोटग्रस्त भएका थिए । उनको गत मार्च शल्यक्रिया भएको थियो भने त्यसपछि उनी सिजनभर मैदान बाहिर रहेका थिए । जुलाईबाट उनी अभ्यासमा फर्केका थिए । सन् २०२२ को विश्व कपमा पनि पहिलो खेलमा चोट ग्रस्त भएपछि उनले दुई खेल गुमाएका थिए ।

December 9, 2023

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार रियल म्याड्रिडले बराबरी खेलेको छ । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो । खेलको सुरुवाती समयमा नै राम्रो लयमा रहेका रोड्रिगोले सुरुवाती गोल गरेपनि गोल अफसाइडका कारण रद्द हुन पुग्यो । पहिलो हाफमा त्यसबाहेक रियलले स्पष्ट मौकाहरु भने बनाउन सकेन । […]

December 9, 2023

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो । शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो । बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित […]

December 9, 2023

लिभरपुलको पुनरागमन जित

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेस विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले २-१ को जित निकालेको हो । खेलको ५७औं मिनेटमा बेन कवान्साहले जिन-फिलिप मटेटा माथि फाउल गरेपछि प्यालेसले पेनाल्टीमा अग्रता लिने अवसर पाएको थियो । पेनाल्टीमा मटेटा आफैले गोल गर्दै खेलमा अग्रता लिएका […]

Success

Thank you for your time.