default_image

2 years ago

August 15, 2023

भारानको गोलमा युनाइटेड विजयी

774 views

0 Bookmark

एजेन्सी – डिफेन्डर राफाएल भारानको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा वल्भरह्याम्पटन वान्डरर्सलाई हराएको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले १-० को जित निकालेको हो । वल्भ्सविरुद्ध फितलो प्रदर्शन गरेपनि भारानको गोल युनाइटेडको जितमा निर्णायक बन्यो । पाहुना टोलीले उत्कृष्ट प्रदर्शन गरेपनि फिनिसिङमा फितलो प्रदर्शन गर्दा कुनै अंक जोड्न ।

भारानले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान बिसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत गोल गरेका थिए । त्यसअघि मार्कस रासफर्ड र गार्नाचोले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

वल्भ्सका लागि ब्राजिलियन फरवार्ड माथिअस कुन्हाले पटक पटक युनाइटेडको डिफेन्सलाई समस्या दिएपनि फिनिसिङ भने गर्न सकेनन् । डेब्यु गरिरहेका गोलरक्षक आन्द्रे ओनानाले केहि राम्रो बचाउ गर्दै आफ्नो टोलीलाई खेलमा कायम राखेका थिए ।

युनाइटेडका लागि डेब्यु गरेका मेसन माउन्टका लागि भने खेल सम्झनलायक रहेन । उनी दोस्रो हाफको मध्यतिर परिवर्तन भएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.