default_image

2 years ago

August 15, 2023

फाइनल पुग्न स्वीडेन र स्पेन भिड्दै

1204 views

0 Bookmark

एजेन्सी – फिफा महिला विश्वकप २०२३ अन्तर्गत पहिलो सेमिफाइनलमा मंगलबार स्पेन र स्वीडेन भिड्दैछन् ।

न्युजिल्याण्डको अकल्यान्डमा हुने खेलमा दुवै टोली पहिलो पटक उपाधि जित्ने सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् । स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो भने स्वीडेनले यसअघि ५ पटक सेमिफाइनल खेलेको छ ।

स्वीडेनले सन् २००३ मा क्यानडालाई हराउँदै एकमात्र फाइनल यात्रा तय गरेको थियो । तर त्यसबेला टोली उपाधि जित्नबाट बन्चित भएको थियो । फाइनलमा जर्मनीले २-१ को जित निकाल्दै उपाधि जितेको थियो ।

स्पेन अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने सुरमा छ । यसअघि एकमात्र सेमिफाइनलको रुपमा सन् १९९७ को युरोपेली च्याम्पियनसिपमा स्पेनले इटालीसँग २-१ को हार बेहोरेको थियो ।

स्पेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा लगातार दुई युरोपेली प्रतिद्वन्द्वीलाई पराजित गरेको छ । स्विटजरल्याण्डलाई ५-१ ले हराएको स्पेनिस टोलीले नेदरल्यान्ड्सलाई २-१ ले स्तब्ध पारेको थियो । स्पेनले क्वाटरफाइनलमा जित हासिल गर्दा विश्वकपमा पहिलो पटक अतिरिक्त समय पनि खेलेको थियो ।

स्वीडेनले यी दुई टोलीको पछिल्लो ११ मध्य ७ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यी दुई टोलीले २०२२ को अक्टोबरमा खेलेको खेल १-१ को बराबरीमा सकिएको थियो । स्वीडेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा पछिल्लो तीन संस्करणको विजेता अमेरिका र जापानलाई हराएको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.