2 years ago
August 15, 2023
अकल्यान्ड – उपाधि दावेदार स्वीडेनलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक स्पेनले सानदार प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भयो ।
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गर्दा स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो ।
खेलको अन्त्यतिर गोल निस्कदा खेल निकै रोमाञ्चक बनेको थियो । ४२औं मिनेटमा ओल्गा कारमोनाको खराव क्लियरेन्सलाई नाथालि विजर्नको भली क्रसलाई फ्रिडोलिन रोल्फोको वान टच प्रहारलाई स्पेनकी गोलरक्षक काटालिन कोलले डाइभ दिदै बचाउँदा स्वीडेन अग्रता लिनबाट चुक्यो ।
७०औं मिनेटमा स्पेनले अग्रता लिने मौका खेर फाल्यो । जेनिफर हर्माेसोको कट ब्याक पासमा अल्वा रेडोन्डोको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरियो ।
८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । जेनिरफर हर्माेसोको प्रहारलाई नाभारो र एन्डरसनले ब्लक गरेपनि बाउन्स भएको आएको बललाई साल्माले जाली चुमाईन् ।
८८औं मिनेटमा रेविका रेविकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले लिना हुर्टिगको पासमा गोल गर्न सफल भइन् । त्यसको उक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पु¥याइन् ।
स्पेनसँगको हारसँगै सबैं संस्करणमा सहभागी भएको स्वीडेन यसपटक पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन । स्वीडेन गत संस्करण सन् २०१९, १९९१ र २०११ मा सेमिफाइनलबाट बाहिरिएको थियो । स्वीडेन तीनैपल्ट तेस्रो भएको छ ।
अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल भोलि हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]