default_image

2 years ago

August 16, 2023

मायमी लिग्स कपको फाइनलमा

7480 views

0 Bookmark

एजेन्सी – अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै मायमी उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल रह्यो । यससँगै मायमीले अन्तरमहादेशीय प्रतियोगिता कन्काकाफ च्याम्पियन्स कपमा पनि स्थान बनाएको छ ।

मायमीका लागि जोसेफ मार्टिनेज, कप्तान लियोनेल मेस्सी, जोर्डी अल्बा र डेविड अ‍ोचोआले १-१ गोल गरे । आलेहान्द्रो बेडोयाले घरेलु टोलीका लागि गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै जोसेफ मार्टिनेजले मायमीलाई अघि बढाए । २० अ‍ौं मिनेटमा कप्तान मेस्सीले लामो दुरीबाट गोल गर्दै खेलमा अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम मिनेटमा अल्बाले गोल थप्दै ३-० बनाए ।

दोस्रो हाफको मध्यतिर फिलाडेल्फियाका बेडेयाले गोल फर्काए । तर ६ मिनेट बाँकी रहँदा अ‍ोचोआको गोलसँगै मायमीले ४-१ को जित पक्का गर्यो ।

अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल यसै शनिबार हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.