2 years ago
August 16, 2023
एजेन्सी – फिफा महिला विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा हुने खेलमा घरेलु टोली पहिलो पटक यो स्तरमा खेलिरहेको हुनेछ । पछिल्लो तीन संस्करण क्वाटरफाइनलमा रोकिएको अष्ट्रेलियाले सडन डेथमा फ्रान्समाथि यादगार जित दर्ता गर्दै अन्तिम चरम प्रवेश गरेको थियो ।
आयोजक राष्ट्र सेमिफाइनलमा पुगेको यो तेस्रो अवसर र अष्ट्रेलिया दोस्रो राष्ट्र हो । यसअघि अमेरिकाले सन् १९९९ मा उपाधि जित्दा र २००३ मा तेस्रो हुँदा यो उपलब्धि हासिल गरेको थियो ।
इंग्ल्यान्ड भने लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा बाँकी एकमात्र महिला प्रशिक्षक सरिना विग्मनसामु अघिल्लो वर्ष युरो जितेको सफलतालाई थप बलियो बनाउने अवसर छ ।
आजको खेलको विजेताले विश्वकपका लागि फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले मंगलबार भएको सेमिफाइनलमा स्वीडेनलाई २-१ ले हराएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]