2 years ago
August 16, 2023
सिड्नी – सह–आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।यसअघि इंग्ल्यान्ड लगातार दुई संस्करण सन् २०१५ र सन् २०१९ मा सेमिफाइनलमा पुगेपनि टोली त्यसभन्दा अघि बढ्न सकेको थिएन । २०१५ मा तेस्रो भएको इंग्ल्यान्ड २०१९ मा चौथो भएको थियो ।
स्टेडियम अष्ट्रेलिया सिड्नीमा बुधबार भएको सेमिफाइनलमा सह–आयोजक अष्ट्रेलियालाई पराजित गर्न इंग्ल्यान्डकी एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन् । अष्ट्रेलियाकी कप्तान सामन्था खेरले एक गोल फर्काइन् ।
खेलको १०औं मिनेटमा एलेक्स ग्रीनवुडको पासमा जर्जिया स्टानवेको हाफ भली प्रहारलाई अष्ट्रेलियाकी गोलरक्षक म्याकेन्जी अर्नाेल्डले उत्कृष्ट बचाउँ गर्दा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो ।
खेलको सुरुवातदेखि नै घरेलु टोलीमाथि बल पोेसेसन राख्दै खेलमा पकड जमाएको इंग्ल्यान्डले गोलको लागि ३६औं मिनेट कुर्नुपरेको थियो ।
३६औं मिनेटमा एला टुनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाइन् । रचेल डालीको थ्रु बलमा एलेसिया रुसोले फ्लिक गरेको बललाई एला टुनले पेनाल्टी बक्सभित्रबाट गरेको उत्कृष्ट प्रहारले टप राइट कर्नरमा गोल हुन पुगेको थियो ।
दोस्रो हाफमा भने अष्ट्रेलियाले खेलमा पकड कायम राखेपनि अर्काेतर्फ इंग्ल्यान्डले दुई आक्रमण बुनेपनि गोल गर्न सकेन । ५७औं मिनेटमा लौरेन हेम्पले कटरिना गोरीलाई बिट गर्दै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई अष्ट्रेलियाकी गोलरक्षक म्याकेन्जी अर्नाेल्डले बचाइन् ।
लगत्तै ५८औं मिनेटमा कप्तान मिली ब्राइटको हेडरमा गोलरक्षक म्याकन्जी नै बाधक बनिन् । उनले डाइभ दिदै बचाइन् । ६३औं मिनेटमा कप्तान सामन्था खेरले दर्शनीय गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।
कटरिना गोरीले बल खोस्दै दिएको पासलाई खेरले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै एकल प्रयासमा दुइृ डिफेन्डरलाई बिट गर्दै २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहारले जाली चुम्दा मारी अर्पसले बचाउने प्रयास गरेपनि भेट्न सकेनन् । उनले मारी फोलेरलाई पास दिनुपर्ने अवस्था रहेपनि आँफैले प्रहार गरिन् ।
६६औं मिनेटमा सामन्था खेरले अर्काे अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अष्ट्रेलिया अग्रता लिनबाट चुक्यो । ६९औं मिनेटमा लुसी ब्रन्जको क्रसलाई अर्नाेल्डले पञ्च गर्दै बचाउँदा इंग्ल्यान्डले अग्रता लिन सकेन ।
त्यसको एक मिनेटपछि नै लौरेन हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाइन् । एली कार्पेन्टरले डि बक्समा गम्भीर गल्ती गरेपछि लौरेनले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भइन् ।
कप्तान ब्राइटको लामो प्रहारलाई डि बक्समा कार्पेन्टरले दुई पटक क्लियर गर्ने प्रयास गरेपनि उनले गल्ती गर्न पुग्दा त्यसमा लौरेन चुकिनन् । र घरेलु समर्थकलाई निराश पारिदिइन् ।
८२औं मिनेटमा फोलेरको पासमा साम खेरको प्रहारलाई अर्पसले बचाइन् । ८४औं मिनेटमा कर्टनी भिनको प्रहारलाई मारी अर्पसले ब्लक गरिदिदा अष्ट्रेलिया बराबरीबाट चुक्यो । मारी अर्पसले नियन्त्रणमा लिन नसकेको बललाई कार्टर ब्रन्जले क्लियर गर्दै इंग्ल्यान्डको संकट टारिन् ।
८६औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई जिततर्फ डो¥याइन् । लौरेन हेम्पको चलाखीपूर्ण पासलाई रुसोले अफसाइड बिट ट्याप गर्दै दोस्रो बारतर्फ गरेको प्रहारले जाली चुम्दा अष्ट्रेलियाको खेलमा फर्कने सम्भावना टाढियो । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड विजयी हुन सफल भयो ।
अब इंग्ल्यान्डले उपाधिका लागि २० अगस्टमा स्पेनसँग खेल्नेछ । स्पेनले मंगलबार स्वीडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
सह–आयोजक अष्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानको लागि स्वीडेनसँग खेल्नेछ । २० जुलाईबाट अष्ट्रेलिया र न्युजिल्यान्डको विभिन्न स्थानमा भएको विश्वकपमा ३२ टोलीको सहभागिता छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]