2 years ago
August 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएसँगै मछिन्द्र फुटबल क्लब एएफसी कपको छनोटबाट बाहिरिएको छ ।

बुधबार भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानसँग ३-१ को हार बेहोरेसँगै मछिन्द्रको एएफसी कपको समूह चरणमा पुग्ने सम्भावना सकिएको हो । गत साता पहिलो खेलमा भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै अघि बढेको मछिन्द्रको यात्रा प्लेअफको फाइनलसम्म पुग्न सकेन ।
बुधबार अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउको गोल सान्तवना सावित भयो ।
११ औं मिनेटमा ह्युगो बुमुसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट डाइभ दिँदै बचाए । खेलको ४० औं मिनेटमा मोहन बगानले अग्रता लियो । अनवर अलीले ह्युगोको कर्नरमा हेडरमार्फत गोल गरे ।

दोस्रो हाफमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सले गोल गर्दै मोहन बगानको अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै उनले गोलरक्षकलाई छलाउँदै खाली पोस्टमा गोल थपे ।
७८ औं मिनेटमा मेसुके ओलोमोउले उत्कृष्ट गोल गर्दै मछिन्द्रको सम्भावना कायम राखेका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक गोलरक्षक विशाल केथलाई बिट गर्दै सिधै गोल भएको थियो ।
८५ औं मिनेटमा अनवर अलीले दोस्रो गोल गर्दै घरेलु टोलीलाई पुन: २ गोलले अघि बढाए । डिमित्रीको फ्रिकिकमा अनवरले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गरेका थिए ।
अब मोहन बगानले प्लेअफको फाइनलमा अवाहानी लिमिटेड ढाकाको सामना गर्नेछ । आज भएको प्लेअफको अर्को खेलमा अवाहानीले क्लब इगल्सलाई २-१ ले पराजित गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]