2 years ago
August 17, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए सुपर कप च्याम्पियन बनेको छ । टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।
ग्रीसको एथेन्समा बुधबार राति भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा सिटीले बाजी मारेको हो । टाइब्रेकरमा सिटीका सबै एर्लिङ ब्राउट हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।
सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गनए सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।
त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औं मिनेटमा अग्रता लिन सफल भएको थियो । उनले मार्काेस एकुनाको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए । तर, सेभियाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।
एक गोलले पछि परेको सिटीले ६३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । २१ वर्षीय युवा विंगर कोल पाल्मेरले रोड्रीको पासमा हेडरमार्फत गोल गर्न सफल भए ।
त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । खेलमा सेभियाका गोलरक्षक बोनो र सिटीका एडर्सन मोराएसले उत्कृष्ट बचाउ गरेका थिए ।
गत सिजन तेहोरो उपाधि जितेको सिटीले युइएफए सुपर कपमा पहिलो सहभागितामै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ ।
सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो । सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहेको थियो । सिटीले गत सिजन च्याम्पियन्स लिग सँगै इंग्लिस प्रिमियर लिग र एफए कप जितेको थियो ।
यता, सेभियाले सातपटक सुपर कपमा खेल्दा एक पटक मात्रै च्याम्पियन बनेको छ । सेभिया सन् २००६ मा च्याम्पियन बनेको थियो । त्यसयता, २००७, २०१४, २०१५, २०१६, २०२० र २०२३ मा सुपर कपमा खेलेपनि उपाधि जित्न सकेको छैन ।
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय फुटबल टोलीले घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको सार्वजनिक गरे। नेपालले बैंककमा १६ र १९ गते दुई खेल खेल्नेछ । सन् २०२६ को एएफसी महिला एसियन कप अष्ट्रेलिया छनोट प्रतियोगिताको […]
May 23, 2025
एजेन्सी – रियल म्याड्रिडका कप्तान लुका मोड्रिचले सिजनको अन्त्यसँग क्लब छाड्ने निश्चित गरेका छन् ।फिफा क्लब विश्वकपपछि स्पेनिस जायन्ट क्लबबाट उनले बिदा लिनेछन्। सन् २०१८ का बालेन डि’ ओर विजेता ३९ वर्षीय क्रोएसियन मिडफिल्डरले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा शनिवार रियल सोसिडाडविरुद्धको सिजनको अन्तिम ला लिगा खेल खेल्दै क्लबबाट अन्तिमपटक मैदानमा उत्रनेछन्। ‘त्यो क्षण आइपुगेको […]
May 22, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्स शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई जितको लागि २ सय ३६ रनको चुनौती दिएको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। लखनउले सुरूवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ […]