default_image

2 years ago

August 17, 2023

सावित्राले इजरायलमा डेब्यु गर्दै

4253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले आज इजरायली क्लब हापोएल रानानाको लागि डेब्यु गर्ने भएकी छिन् ।

क्लबले नकआउट प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो चरणमा हादेराको सामना गर्दा सावित्राले डेब्यु गर्ने भएकी हुन् । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ ।

सावित्राको टोलीले पछिल्लो दुई सातादेखि नयाँ सिजनको लागि प्रशिक्षण गरिरहेको छ । क्लबमा अमेरिकाका तीन खेलाडी पनि आबद्ध रहेका छन् । यसबाहेक इजरायलको उमेर समूहमा खेल्ने राष्ट्रिय खेलाडी पनि क्लबमा छन् ।

सावित्रा पहिलो पटक युरोपेली लिग खेल्न २ साताअघि इजरायल पुगेकी थिइन् । उनले टोलीसँग नियमित प्रशिक्षण गर्दै डेब्युका लागि उत्साहित रहेको हाम्रो खेलकुदलाई बताइन् ।

सावित्रा आजको खेलमा उत्रिएसँगै युरोपको आधिकारिक शीर्ष प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् । खेलको प्रत्यक्ष प्रसारण भने नहुने क्लबले जनाएको छ । इजरायल फुटबल संघसँग प्रसारण अधिकार रहेको र क्लबको आग्रहलाई हालसम्म कुनै जवाफ नफर्काएको क्लबको व्यवस्थापक डोरोथी गुरले जानकारी दिइन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.