default_image

2 years ago

August 18, 2023

डेब्युमै सावित्राको गोल

24391 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे ।

साम्बाको पासमा गोल्डेनले गोल गर्दै रानानालाई अघि बढाएकी थिइन् । त्यसपछि साम्बा आफैंले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलमा रानानाको युवा टोलीले रक्षात्मक रणनीतिमा पनि राम्रो प्रदर्शन गर्यो ।

सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ ‌। उक्त खेल सोमबार हुनेछ ।

रानानाले लिग यात्रा भने अगस्टको अन्तिमबाट सुरु गर्नेछ । लिगमा ८ टोलीबीच झन्डै ७ महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.