default_image

9 months ago

August 18, 2023

फिफा सहायक रेफ्री चौधरीको निधन

6212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा सहायक रेफ्री विक्रम चौधरीको असामयिक निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा शुक्रबार विहान ह्रदयघातका कारण चौधरीको निधन भएको बुझिएको छ ।

अभ्यासका क्रममा मैदानमा लडेपछि उनलाई आर्मीको स्वास्थ्य टोलीले सिपिआर दिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि छाउनीस्थित आर्मी अस्पताल लागिएको थियो । अस्पतालमा पुगेपछि डाक्टरले उनलाई मृत घोषित गरेको त्रिभुवन आर्मी क्लब स्रोतले जानकारी दियो ।

हाल उनको शव छाउनीस्थित अस्पतालमा राखिएको छ । उनको परिवारजनको उपस्थितिपछि अन्तिम संस्कार कहाँ हुने निर्णय लिइने बुझिएको छ ।

सर्लाहीका स्थायी बासिन्दा चौधरी पछिल्लो ३ वर्षयता फिफा रेफ्रीको रुपमा आबद्ध रहेका थिए । त्रिभुवन आर्मी क्लबमा हवल्दार पदमा कार्यरत रहेका चौधरी पछिल्लो २ दशक देखि रेफ्री गर्दै आएका थिए । उनले २०६३ सालमा एन्फा रेफ्री कोर्ष र २०६६ सालमा राष्ट्रिय रेफ्री कोर्ष गरेका थिए ।

२०६६ सालदेखि ए डिभिजन लिग खेलाएका चौधरी २०२१ देखि फिफा असिस्टेन्ट रेफ्री रहेका थिए । नेपालमा रहेका सहायक रेफ्रीमध्य उत्कृष्ट मानिने चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलाएका थिए ।

May 23, 2024

बायर लिभकुसनलाई स्तब्ध पार्दै एटलान्टा च्याम्पियन

एजेन्सी – यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ । डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र […]

May 22, 2024

महावीरलाई हराउँदै बागमती शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब माथि फराकिलो जित हात पार्दै बागमती युथ क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महावीर माथि ४-० को फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि राज भुसालले दुई गोल गरे भने दिपेश राई र सृजन राज गौतमले […]

May 22, 2024

युरोपा लिग फाइनल आज: लेभरकुसेनविरुद्ध एटालान्टा

एजेन्सी – युइएफए युरोपा लिगको उपाधिका लागि आज राति अपराजित जर्मन क्लब बायर लेभरकुसेन र इटालियन क्लब एटालान्टा भिड्दैछन् । खेल आयरल्याण्डको डब्लिनस्थित अविभा स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । यसै सिजन इतिहासमा पहिलो पटक जर्मन लिग बुण्डेस्लिगाको उपाधि जितेको लेभरकुसेन सिजनभर अपराजित रहेको छ । लिगको ३४ मध्य २८ खेल जितेको लेभरकुसेन यूरोपा […]

Success

Thank you for your time.