default_image

2 years ago

August 18, 2023

लाभिया चेल्सीमा अनुबन्धित

567 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले बेल्जियन मिडफिल्डर रोमेउ लभियालाई अनुबन्ध गरेको छ । चेल्सीले शुक्रबार सामाजिक सञ्जाल मार्फत लाभियाको अनुबन्धन सार्वजनिक गरेको छ ।

१९ वर्षीय लाभियाले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन् । यस सिजन ट्रान्सफर मार्केटमा निकै सक्रिय देखिएको चेल्सीले लाभियाका लागि ५३ मिलियन पाउण्ड खर्च गरेको छ ।

लाभियाले गत सिजन साउथह्याम्पटनका लागि ३४ खेल खेलेका थिए । गत सिजन नै साउथह्याम्पटन गएका उनले क्लबलाई रेलिगेसनबाट भने बचाउन सकेनन् ।

बेल्जियन क्लब एन्डरलेक्टको एकेडेमीबाट आएका लाभियालाई म्यानचेस्टर सिटीले २०२० मा क्लब भित्र्याएको थियो । सिटीका लागि भने लाभियाले दुई खेल मात्र खेलेका थिए । सिटीमा धेरै अवसरहरू नपाएपछि उनले गत वर्ष साउथह्याम्पटनको यात्रा तय गरेका थिए ।

लाभियाले बेल्जियम राष्ट्रिय टोलीबाट पनि डेब्यू गरिसकेका छन् । उनले यसै वर्ष जर्मनीका विरुद्ध डेब्यू गरेका थिए ।

ट्रान्सफर विन्डोमा लाभियालाई अनुबन्ध गर्न लिभरपुल पनि दौडमा थियो । साउथह्याम्पटनले लिभरपुलको प्रस्ताव स्वीकार गरेपनि लाभिया आफैंले चेल्सी रोजेको युरोपेली संचारमाध्यमले जनाएका छन् । चेल्सीले यसै साता अर्का मिडफिल्डर मोइजेस काइसेडो भित्र्याएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.