default_image

2 years ago

August 19, 2023

केन चम्कँदा बायर्नको विजयी सुरुवात

2172 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा डेब्यु गरिरहेका फरवार्ड ह्यारी केनले उच्च प्रदर्शन गर्दा बायर्न म्युनिखले लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

वेर्डर ब्रेमेनलाई ४-० को फराकिलो अन्तरले हराउँदै लगातार ११ पटक उपाधि जितेको बायर्नले सुखद हासिल गरेको हो । बायर्नको जितमा नयाँ फरवार्ड ह्यारी केनले १ गोल र १ असिस्ट प्रदान‌ गरे ।

लेरोय सानले २ गोल गर्दा केनकै स्थानमा मैदान छिरेका म्याथिस टेलले १ गोल थपे । खेलको चौथो मिनेटमा केनले मिडफिल्डबाट दिएको उत्कृष्ट पासलाई सानेले पेनाल्टी क्षेत्र भित्र पुर्याएर फिनिस गरे ।

दोस्रो हाफमो ७० अ‍ौं मिनेटमा केनले जर्मन लिगमा पहिलो गोल गरे । अल्फोन्सो डेभिसको पास नियन्त्रणमा लिँदै उनले गोलरक्षक पाभ्लेन्कालाई बिट गरेका थिए ।

केन ८४ अ‍ौं मिनेटमा बाहिरिएपछि पनि बायर्नको आक्रमण कायम रह्यो । मुलरको पासमा सानेले फस्ट टचमा गोल गरे । इन्ज्युरी समयमा डेभिसकै पासमा टेलले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहारमार्फत ४-० को जित दिलाए ।

यससँगै बायर्नले जर्मन सुपर कपमा आरबी लाइप्जिगसँग हार बिर्साएको छ । उक्त खेलमा ३-० ले‌ पराजित बायर्न यसपटक लिग उपाधि लगातार दर्जन पुर्याउने लक्ष्यमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.