default_image

2 years ago

August 19, 2023

अल नासरको लगातार हार

3583 views

0 Bookmark

एजेन्सी – साउदी क्लब अल नासरले रोशन प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

शुक्रबार भएको लिगको दोस्रो खेलमा अल नासरले अल ताउनसँग २-० को हार बेहोरेको हो । आक्रमणमा कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो माने उत्रिएपनि अल नासरले लिगको दोस्रो खेलमा गोल गर्न सकेन ।

गत साता अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको अल नासर पहिलो खेलमा पनि पराजित भएको थियो । अल इतिफाकविरुद्ध साडियो माने ले अग्रता दिलाएपनि क्लब २-१ ले हार्न पुगेको थियो ।

शुक्रबारको खेलका सबै मुख्य खेलाडी ९० मिनेट मैदानमा रहेपनि अल नासरले जित हासिल गर्न सकेन । अल ताउनका लागि लिआन्दर तावाम्बाले २० मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयमा सालेह बाहुस्यानले गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

अल‌ नासरले अब मंगलबार एएफसी च्याम्पियन्स लिगको प्लेअफमा यूएईको शबाब अल अह्लीको सामना गर्दैछ । उक्त खेल जित्ने टोली च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्नेछ भने हार्ने टोलीले दोस्रो श्रेणीको एएफसी कप खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.