2 years ago
August 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– खेलपोशाक तथा खेल सामाग्री निर्माण अन्तर्राष्ट्रिय कम्पनी लि निङले आफ्नो ब्रान्ड एम्बेसडर महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको टिसर्ट तयार पारेको छ ।

लि निङले एन्जिलाका लागि ४ वटा रंगको पोलो टिर्सट तयार पारेको छ । टिसर्टको बाहुलामा एटिएस १६ लेखिएको छ । नेपाली खेलाडीका नाममा तयार पारिएको यो पहिलो टिसर्ट हो । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रा.लिका अध्यक्ष राजन महर्जनका अनुसार लि निङले खेलाडीको नामसहित टिसर्ट तयार पारेको एन्जिला पाँचौं खेलाडी हुन् ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भीमसिंह गुरुङ, पूर्व कप्तान तथा महिला राष्ट्रिय टोलीकी मुख्य प्रशिक्षक बालगोपाल महर्जन र पूर्व राष्ट्रिय खेलाडी प्रदीप महर्जनले शनिबबार आयोजित कार्यक्रममा एन्जिलालाई अलग अलग टिसर्ट हस्तान्तरण गरेका थिए ।
लि निङले गत वर्ष एन्जिलालाई आफ्नो एम्बेसडर चयन गरेको थियो । एन्जिलाको जीवन कथाका आधारमा निर्माण हुने फिल्म अन्जिलामा उनले लि निङकै खेल पोशाक प्रयोग गर्ने यसअघि नै घोषणा गरिएको थियो । एन्जिलाले आफ्नो लागि लि निङले नामसहितको टिसर्ट तयार गरेकोमा धन्यवाद दिइन् । लि निङले ब्रान्ड एम्बेसडर बनाएपछि अन्य कम्पनीले महिला टोलीकै प्रिति राई र गिता रानालाई ब्रान्ड एम्बेसडर बनाएको उल्लेख गर्दै यसले खेलाडीहरुलाई उत्साहित बताउने बताइन् ।
लि निङले नेपाली राष्ट्रिय महिला पुरुष बास्केटबल टोली, ए डिभिजन क्लब संकटा क्लब र बी डिभिजन क्लब मध्यपुर युथ एसोसिसनलाई प्रायोजन गर्दै आएको छ । मध्यपुर युथका अध्यक्ष समेत रहेका पूर्व कप्तान सिंहले लि निङले लामो समयदेखि विभिन्न क्लबलाई प्रायोजन गर्दै आएको स्मरण गरे ।
सिंहले स्पोर्टस ब्रान्डको मुख्य उद्देश्य व्यापार नै भएपनि लि निङले खेलकुद विकासमा पनि सहकार्य गरेकोमा धन्यवाद दिए । बास्केटबल संघका कार्यवहाक अध्यक्ष गुरुङले लि निङले बास्केटबलको टोलीलाई प्रायोजन गर्ने पहिलो कम्पनी नै लि निङ भएकोमा धन्यवाद दिए ।
चाइना ट्रेड लिङ्कका अध्यक्ष महर्जनले खेलकुदमा सक्रिय संघ संस्थाले सहयोगको आग्रह गर्दा सकेसम्म निराश नपार्ने कोशिस गर्दै आएको बताए । महर्जन एन्जिलाको नाममा रहेको टिसर्ट विक्रीबाट केहि प्रतिशत रकम उनलाई उपलब्ध गराइने पनि जानकारी दिए ।
कार्यक्रममा अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारीमा रहेको महिला राष्ट्रिय टोली तथा राष्ट्रिय महिला बास्केटबल थ्री बाई थ्री टोलीको खेलाडीको सहभागिता थियो ।
लि निङको पाँचौं स्वरुमको उद्घाटन
पूर्व कप्तान उपेन्द्रमान सिंह र महिला राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले दरबारमार्ग स्थित दरबार मल गुण ग्रुप लि निङको नयाँ स्वरुमको औपचारिक उद्घाटन गरेका छन् ।

लि निङको यो पाँचौं स्वरुम हो । यसअघि जावलाखेल, बौद्ध, भरतपुर र त्रिशुलीमा लि निङको स्वरुम खोलिएको थियो । अध्यक्ष महर्जनका अनुसार केहि सातापछि काठमाडौं मलमा लि निङको छैटौं स्वरुम सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]