default_image

2 years ago

August 19, 2023

लिभरपुल र ब्राइटन विजयी

855 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार लिभरपुल र ब्राइटनले जित हासिल गरेका छन् । ब्राइटनले वल्भ्स र लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै ३-३ अंक हासिल गरे।

दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको लिभरपुलले ३-१ को पुनरागमन जित दर्ता गर्यो । लिभरपुलको जितमा लुइस डियाज, मोहम्मद सालाह र डिएगो जोटाले समान एक गोल गरे । बर्नमाउथका लागि एन्टोवान सेमेन्योले एकमात्र गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नै बर्नमाउथले एन्टोवान सेमेन्योको गोल मार्फत अग्रता लिएको थियो। खेलको २८औ मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसको आठ मिनेट पश्चात बर्नमाउका रोथवेलले पेनाल्टी बक्स भित्र फ़ाउल गरेपछि लिभरपुललाई पेनाल्टीमार्फत अग्रता लिने अवसर प्राप्त भयो । सलाहको पेनाल्टी बोर्नमाउथका गोलरक्षक नेटोले बचाउन सफल भएपनि सलाहले रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५८औ मिनेटमा अलेक्सिस मकालिस्टरले रातो कार्ड पाएपछि लिभरपुल दश खेलाडीमा सिमित भएको थियो । तर त्यसको चार मिनेट पछि नै जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए र जित सुनिश्चित गरे ।

यस्तै शनिबारकै अर्को खेलमा ब्राइटनले वल्भ्समाथि ४-१ को जित निकाल्यो । ब्राइटनका लागि सोली मार्चले दुई गोल तथा काओरु मिटोमा र पर्विस इस्टुपिन्यानले समान १-१ गोल गरे । खेलमा सुरुदेखि नै ब्राइटन हावी भएको थियो । खेलको १५ औं मिनेटमा मिटोमाले उत्कृष्ट एकल गोल गरेर ब्राइटनलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै इस्टुपिन्यानले मिटोमाकै पासमार्फत गोल गर्दै अग्रता दोब्बर गरे । त्यसपछिको दुई गोल नै मार्चले थपे । मार्चले ५१ औं र ५६ औं मिनेटमा गरेको दुवै गोलमा जुलिओ एन्सिजोको असिस्ट रहेको थियो ।

साथै, आजै भएको तेस्रो खेलमा ब्रेन्टफर्डले फुल्हममाथि ३-०को सहज जित निकाल्यो । ब्रेन्टफर्डका लागि ब्रायन एम्बुएमोले दुई गोल गरे भने योआने विसाले एक गोल थपे।

प्रिमियर लिग अन्तर्गत आज राति थप दुई खेल हुँदै छन् । नेपाली समय अनुसार १०:१५ बजे हुने खेल्न टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ भने मध्यराति १२:४५ बजे हुने खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाईटेडसंग खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.