2 years ago
August 20, 2023
एजेन्सी – टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडलाई हराएको छ । लन्डन टोलीले घरेलु मैदानमा युनाइटेडमाथि २-० को जित दर्ता गरेको हो ।

खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । टोटेनहमका लागि पहिलो हाफको अन्त्यतिर पेड्रो पारोले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
टोटेनहमका गोलरक्षक गुग्लिएल्मो भिकारियोले दुई उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित राखेका थिए । दोस्रो हाफको सुरुवातमै स्पर्सले अग्रता लियो । पापे माटर सारले ६ यार्ड बक्स भित्रबाट क्लियर नभएको बललाई गोलमा परिणत गरे ।
युनाइटेडका एन्टोनिको प्रहार पोस्टमा लागेर फर्कंदा युनाइटेड बराबरी गर्नबाट चुकेको थियो । त्यसपछि गोलरक्षक भिकारियोले पुन: २ बचाउ गरे । खेलको अन्त्यमा टोटेनहमले अग्रता दोब्बर पार्यो ।
युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले बायाँ विंगबाट खेलेको पासलाई आफ्नै पोस्टको दिशा दिएपछि स्पर्सको जित पक्का भएको थियो । टोटेनहम पहिलो खेलमा ब्रेन्टफर्डसँग २-२ को बराबरीमा रोकिँदा युनाइटेडले वल्भ्सलाई १-० ले हराएको थियो ।
त्यसअघि शनिबार नै भएको खेलमा लिभरपुल र ब्राइटनले जित हासिल गरे । ब्राइटनले वल्भ्स र लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै ३-३ अंक हासिल गरे।

दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको लिभरपुलले ३-१ को पुनरागमन जित दर्ता गर्यो । लिभरपुलको जितमा लुइस डियाज, मोहम्मद सालाह र डिएगो जोटाले समान एक गोल गरे । बर्नमाउथका लागि एन्टोवान सेमेन्योले एकमात्र गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा नै बर्नमाउथले एन्टोवान सेमेन्योको गोल मार्फत अग्रता लिएको थियो। खेलको २८औ मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यसको आठ मिनेट पश्चात बर्नमाउका रोथवेलले पेनाल्टी बक्स भित्र फ़ाउल गरेपछि लिभरपुललाई पेनाल्टीमार्फत अग्रता लिने अवसर प्राप्त भयो । सलाहको पेनाल्टी बोर्नमाउथका गोलरक्षक नेटोले बचाउन सफल भएपनि सलाहले रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५८औ मिनेटमा अलेक्सिस मकालिस्टरले रातो कार्ड पाएपछि लिभरपुल दश खेलाडीमा सिमित भएको थियो । तर त्यसको चार मिनेट पछि नै जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए र जित सुनिश्चित गरे ।
यस्तै शनिबारकै अर्को खेलमा ब्राइटनले वल्भ्समाथि ४-१ को जित निकाल्यो । ब्राइटनका लागि सोली मार्चले दुई गोल तथा काओरु मिटोमा र पर्विस इस्टुपिन्यानले समान १-१ गोल गरे । खेलमा सुरुदेखि नै ब्राइटन हावी भएको थियो । खेलको १५ औं मिनेटमा मिटोमाले उत्कृष्ट एकल गोल गरेर ब्राइटनलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै इस्टुपिन्यानले मिटोमाकै पासमार्फत गोल गर्दै अग्रता दोब्बर गरे । त्यसपछिको दुई गोल नै मार्चले थपे । मार्चले ५१ औं र ५६ औं मिनेटमा गरेको दुवै गोलमा जुलिओ एन्सिजोको असिस्ट रहेको थियो ।
साथै, आजै भएको तेस्रो खेलमा ब्रेन्टफर्डले फुल्हममाथि ३-०को सहज जित निकाल्यो । ब्रेन्टफर्डका लागि ब्रायन एम्बुएमोले दुई गोल गरे भने योआने विसाले एक गोल थपे।
प्रिमियर लिग अन्तर्गत आज मध्यराति १२:४५ बजे हुने खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाईटेडसंग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]