default_image

2 years ago

August 20, 2023

च्याम्पियन बन्न स्पेन र इंग्ल्यान्ड भिड्दै

1867 views

0 Bookmark

सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधिकाे लागि आज (आइतबार) स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल स्टेडियम अष्ट्रेलिया सिड्नीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । नवौं संस्करणको विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का छ ।

दुई पटकको च्याम्पियन जर्मनी समूह चरण, चारपल्टको च्याम्पियन अमेरिका र एक पालीको च्याम्पियन नर्वे प्रि–क्वाटरफाइनलबाट तथा एक पल्टको जापान क्वाटरफाइनलबाट बाहिरिसकेको छ ।

स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको छ । दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस विश्वकपमा स्पेन पछिल्लो तीन खेलमा अपराजित छ ।

समूह चरणमा कोस्टा रिका र जाम्वियालाई पराजित गरेको स्पेनले त्यसपछि भने समूह चरणमै जापानसँग ४–० को लज्जास्पद हार चाखेको थियो । त्यसयताको तीन खेलमा भने स्पेनले सानदार प्रदर्शन गर्दै जित निकालिरहेको छ ।

टोलीको मुख्य हतियारमा जेनिफर हर्माेसो, अल्वा रेडोन्डो, मारिओना क्लाडेन्टे, एलेक्सिया पुटेलास, टेरेसा एवेलेइरा, एइटाना बोनामाती, ओल्गा, लेइआ कोडिना, एरिन पारेडेस, ओना बाट्ले र गोलरक्षक क्याटलिना कोल रहेका छन् । यसबाहेक टोलीसँग साल्मा, इभा मारिया र एस्थर गोन्जालेस पनि रहेका छन् ।

यता, उपाधि दावेदार टोलीको रुपमा हेरिएको इंग्ल्यान्ड पनि पछिल्लो तीन खेलमा सानदार प्रदर्शन गरिरहेको स्पेनलाई स्तब्ध पार्दै पहिलोपटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ ।

टोलीसँग एलेसिया रुसो, लौरेन हेम्प, एला टुन, रचेल डाली, केइरा वाल्स, जर्जिया स्टानवे, लुसी ब्रन्ज, एलेक्स ग्रीनवुड, मिल्ली ब्राइट, जेसिका कार्टर र गोलरक्षक मारी अर्पस् छिन् ।

यसबाहेक दुई खेलको प्रतिबन्धपछि लौरेन जेम्सले टोलीमा पूनरागन गर्नेछिन् । नाइजेरियाविरुद्धकाे खेलमा राताे कार्ड पाएका उनले दुई खेल गुमाएकी थिइन् । उनले यस विश्वकपमा चार खेलमा ३ गाेलसँगै ३ असिस्ट प्रदान गरिसकेका छन् ।

यि दुई टोली हालसम्म ७ पटक आमाने–सामाने हुँदा चार खेलमा इंग्ल्यान्ड विजयी भएको छ । २ खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको छ ।

पछिल्लोपटक यि दुई टोलीले सन् २०२२ मा युरो कपमा प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले अतिरिक्त समयमा जित निकालेको थियो । स्पेन पछिल्लो तीन खेलमा तथा इंग्ल्यान्ड पछिल्लो सात खेलमा अपराजित छ ।

यसअघि सह–आयोजक अष्ट्रेलियामाथि २–० को सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरिसकेको छ ।

इंग्ल्यान्डको फाइनल यात्रा
समूह चरण
इंग्ल्यान्ड
विरुद्ध हाइटी (–०)
इंग्ल्यान्डविरुद्ध डेनमार्क (–०)
इंग्ल्यान्डविरुद्ध चीन (–१)
प्रि–क्वाटरफाइनल
इंग्ल्यान्ड
विरुद्ध नाइजेरिया (०–०) टाइब्रेकरमा ४–२ को जित
क्वाटरफाइनल
इंग्ल्यान्डविरुद्ध कोलम्विया (–१)
सेमिफाइनल
इंग्ल्यान्ड
विरुद्ध अष्ट्रेलिया (–१)

स्पेनको फाइनल यात्रा
समूह चरण
स्पेन
विरुद्ध हाइटी (–०)
स्पेनविरुद्ध जाम्विया (–०)
स्पेनविरुद्ध जापान (०–४)
प्रि–क्वाटरफाइनल
स्पेन
विरुद्ध स्वीट्जरल्यान्ड (५–१)
क्वाटरफाइनल
स्पेन
विरुद्ध नेदरल्यान्ड्स (२–१)
सेमिफाइनल
स्पेन
विरुद्ध स्वीडेन (२–१)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.