default_image

2 years ago

August 20, 2023

च्याम्पियन स्पेनकी बोनमतीले जितिन् गोल्डेन बल

3727 views

0 Bookmark

सिड्नी – विश्व च्याम्पियन स्पेनिस मिडफिल्डर एइटाना बोनमतीले फिफा महिला विश्वकप २०२३ मा गोल्डेन बल हात पारेकी छिन् । स्पेनलाई पहिलोपल्ट विशव च्याम्पियन बनाउन उनले महत्वपूर्ण भुमिका निभाएकी थिइन् ।

यस्तै जापानी मिडफिल्डर हिनाता मियाजावाले गोल्डेन बुट हात पारेकी २३ वर्षीय मियाजावाले अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपमा पाँच खेलबाट ५ गोलसँगै एक असिस्ट प्रदान गरेकी थिइन् । जापान क्वाटरफाइनलबाटै बाहिरिएपनि अन्य टोलीका खेलाडीले उनले जति गोल गर्न सकेनन् ।

इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पस्ले गोल्डेन बुट हात पारिन् । उनले आफ्नो टोलीलाई च्याम्पियन बनाउन नसकेपनि विश्वकपभर सानदार प्रदर्शन गरेकी थिइन् । उनले फाइनलमा एक पेनाल्टी समेत विफल पारेकी थिइन् ।

यस्तै स्पेनकी युवा विंगर साल्मा पारालुइलो फिफा युवा खेलाडी बनेकी छिन् । १९ वर्षीय साल्माले विश्वकपमा सानदार प्रदर्शन गर्दै विश्वकै ध्यान खिच्न सफल भएकी थिइन् । जापानले फेयर प्ले अवार्ड प्राप्त गरेको छ ।

स्टेडियम अष्ट्रेलिया सिड्नीमा आइतबार भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै पहिलोपटक फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ । खेलाडी र स्पेनिस फुटबल महासंघबीचको विवादको बावजुत पनि विश्वकपमा सहभागिता जनाएर स्पेनले तेस्रो सहभागितामै च्याम्पियन बनेको छ ।

दुवै टोली पहिलोपटक फाइनलमा पुग्दा स्पेनले बाजी मार्न सफल भयो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।

स्टेडियम अष्ट्रेलिया सिड्नीमा आइतबार भएको फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो ।

करिव ७५ हजार दर्शकबीच प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा लौरेन हेम्पको प्रहार क्रसबारमा लाग्दै फर्कदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । काउन्टर अट्याकमा जर्जिया स्टानवेको क्रसमा रचेल डालीको कटब्याकलाई हेम्पले गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

लगत्तै १७औं मिनेटमा इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले अल्वा रेडोन्डोको क्लोज रेन्जको प्रहारलाई विफल पार्दा स्पेन पनि अग्रता लिनबाट चुक्यो । मारिओना कालडेन्टेको क्रसलाई साल्माले राम्रोसँग प्रहार गर्न नसकेपनि डिफलेक्ट हुँदै आएको बललाई रेडोन्डोले गरेको प्रहारमा गोलरक्षक मारी बाक बनिन् ।

२९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।

यससँगै २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनेकी छिन् । विश्वकपमा गोल गर्ने कान्छी खेलाडी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ मा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् ।

३७औं मिनेटमा एरिन पारेडेसको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । ४३औं मिनेटमा लौरेने हेम्पको क्रसमा एला टुनले सुवर्ण अवसर पाएपनि फाइनल टच दिन नसक्दा इंग्ल्यान्ड बराबरीबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओना ब्याटलको पासमा साल्माको प्रहार पोस्टमा लाग्दै बाहिरिदा स्पेनले अग्रता बढाउन सकेन ।

५४औं मिनेटमा चोल केलीको क्रसमा हेम्पको हाफ भली प्रहारलाई पोस्ट नजिकैबाट थोरैले बाहिरिदा इंग्ल्यान्डले खेललाई बराबरी गर्न सकेन । ६२औं मिनेटमा जेनिफर हर्माेसोको पासमा बोनामातीको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।

६९औं मिनेटमा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । जेनिफर हर्माेसोको पेनाल्टी प्रहारलाई इंग्ल्यान्डकी गोलरक्षक मारी अर्प्सले बचाइन् । पेनाल्टी बक्समा केइरा वाल्सले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्पेनलाई पेनाल्टी प्रदान गरेको थिउो ।

७६औं मिनेटमा लौरेन जेम्सको प्रहारलाई स्पेनलाई गोलरक्षक क्याटालिना कुलले पञ्च गर्दै बचाउँदा स्पेनलाई खेलमा कायम राखिन् । २० जुलाईबाट न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ शहरमा विश्वकप आयोजना भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.