4 months ago
August 20, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत दुई लन्डन क्लबबीचको खेलमा वेस्ट ह्याम युनाइटेडले चेल्सीलाई हराएको छ । घरेलु मैदान ओलम्पिक रंगशालामा १० खेलाडीमा समेटिएको वेस्ट ह्यामले चेल्सीलाई ३-१ ले पराजित गरेको हो । वेस्ट ह्यामको जितमा नाएफ अगुएर्ड, मिकाएल एन्टोनियो र लुकास पाक्वेटाले १-१ गोल गरे । चेल्सीका कार्ने चुक्वुएमेकाले गरेको बराबरी गोल अंक दिलाउन […]
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत दुई लन्डन क्लबबीचको खेलमा वेस्ट ह्याम युनाइटेडले चेल्सीलाई हराएको छ ।
घरेलु मैदान ओलम्पिक रंगशालामा १० खेलाडीमा समेटिएको वेस्ट ह्यामले चेल्सीलाई ३-१ ले पराजित गरेको हो । वेस्ट ह्यामको जितमा नाएफ अगुएर्ड, मिकाएल एन्टोनियो र लुकास पाक्वेटाले १-१ गोल गरे । चेल्सीका कार्ने चुक्वुएमेकाले गरेको बराबरी गोल अंक दिलाउन पर्याप्त रहेन ।
खेलको सातौं मिनेटमा नै घरेलु टोलीले अगुएर्डको गोलमा अग्रता लिएको थियो । यसै सिजन क्लबमा आएका जेम्स वार्ड प्राउजको कर्नरमा अगुएर्डले हेडरमार्फत गोल गरेका थिए ।
२८ औं मिनेटमा चेल्सीका लागि चुक्वुएमकाले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र उनले दुई डिफेन्डरलाई बिट गरेपछिको शक्तिशाली प्रहारलाई गोलरक्षक अल्फोन्स आरिओलाले बचाउन सकेनन् ।
४३ औं मिनेटमा चेल्सीले पेनाल्टीबाट अग्रता लिने अवसर पायो । पेनाल्टी क्षेत्रको ठिक भित्र रहिम स्टर्लिङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजको पेनाल्टी गोलरक्षक आरिओलाले विफल पार्दै खेल बराबरीमा राखे ।
दोस्रो हाफको ५३ औं मिनेटमा वेस्ट ह्यामले पुन: अग्रता लियो । चेल्सीले मिडफिल्डमा बल गुमाएपछि जेम्स वार्ड प्राउजले दिएको पासलाई एन्टोनियोले गोलमा परिणत गरे ।
६७ औं मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा सिमित भयो । निकोलस ज्याकसनमाथि फल गरेपछि रेफ्रीले अगुएर्डलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।
खेलको अन्तिम समयमा वेस्ट ह्यामले पेनाल्टीको अवसर पायो । चेल्सीका लागि डेब्यु गरिरहेका मोजेस काइसेडोले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । पाक्वेटाले उक्त पेनाल्टीमा गोल गर्दै ३-१ को जित पक्का गरे ।
चेल्सी पहिलो खेलमा लिभरपुलसँग १-१ को बराबरीमा रोकिएको थियो । वेस्ट ह्यामले पनि बर्नमाउथसँग समान अन्तरको नतिजाले अंक बाँडेको थियो ।
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा स्पोर्टिङ्ग इलाम एफसी र पोखरा थन्डर्सले पहिलो हाफलमा गर्न गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको छ । सुरुवाती समयदेखि नै पोखरालाई दबाबमा राखेको पूर्वेली टोली इलामले पहिलो हाफलमा गोल भने गर्न सकेन । उता पोखराले भने खेलमा अवसर सृजना गर्न पहिलो हाफको आधा समय कुर्नु परेको थियो […]
December 6, 2023
एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको […]
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]