9 years ago
January 15, 2017
पोखरा(हाम्रो खेलकुद) – आगामी माघ ४ देखी पोखारा रङगशालामा सुरु हुने १५औ आहा ! रारा गोल्ड कपको पहिलो खेलमा आयोजक साहारा र सुदूरपश्चिम भिड्ने छन ।
१२ टोली समावेश रहेको प्रतियोगिताको फाइनल खेल माघ १५ मा हुनेछ । अघिल्लो संस्करणझै बिजेताले ५,०१,००१ रुपैया पाउने छ भने उप बिजेताले २,५१,००१ प्राप्त गर्नेछ । प्रतियोगितको प्री – क्वाटर फाइनल खेलहरुमा टिकट दर रू ६० , क्वाटर्फाइनल र सेमिफाइनलमा गरेर ६ खेलमा १२० र फाइनल खेलमा १५० तोकिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक आहा तथा रारा चाउचाउ हो भने माईक्रो म्यास्क मोबाइल र रेडबुल उप प्रायोजक तथा नेपाल टेलिकम सह उप प्रायोजक हो ।
आयोजक साहारा क्लब पोखरा , सुदूरपश्चिम ११ , धरान फुटबल क्लब , एपिएफ , एएनए युएसए फुटबल टिम , रमपम झापा ११ , संकटा क्लब , नेपाल पुलिस क्लब , युनाइटेड सिकिम फुटबल क्लबा (भारत), लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्दी क्लब , त्रिभुवन आर्मी क्लब , फारसगंज (बाङ्लादेश) गरेर १२ टोली समावेश हुनेछन ।
प्रतियोगिताको साबिक बिजेता मनाङ मर्स्याङ्दी क्लब हो । मनाङले त्रिभुवन आर्मीलाई १-० ले हराउदै १४औ संस्करणको उपाधी हात पारेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]