2 years ago
August 21, 2023
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध कठिन जित निकालेको छ ।

घरेलु मैदान क्याम्प नु को मर्मत भइरहेकाले बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको बार्सिलोनाले २-० को जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान एक-एक गोल गरे ।
पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाको खेलको दुवै गोल गर्न अन्तिम समयसम्म कुर्नुपर्यो । काडिजका गोलरक्षक लेडेस्माले खेलमा राम्रो प्रदर्शन गर्दै धेरै सटहरु विफल पारे ।
खेलको ११औं मिनेटमा जुल्स कुण्डेको हेडर उनले सजिलै बचाए । १५औं मुनेम पेड्रीको हेडर पनि लेडेस्माले सेभ गरे । २९औं मिनेटमा १६ वर्षीय लामिन यमालको सटमा उनले उत्कृष्ट बचाउ गरे ।
खेलको ३४औं मिनेटमा कुण्डेको अर्को प्रहार लेडेस्माले विफल पारे । उता बार्सिलोनाका गोलरक्षक टर स्टेगनले ३५औं मिनेटमा उत्कृष्ट बचाउ गर्दै टिमलाई पछि पर्न बाट बचाएका थिए ।
अलेहान्द्रो बाल्डेले बल फुत्काएपछि वान भर्सेस वानको अवसर सिर्जना भएको थियो । तर जर्मन गोलकिपर टर स्टेगन बाधक बने ।
खेलको ४५औं मिनेटमा गाभिको प्रहार बारमा लागेपछि काडिज पछाडि पर्न बाट बच्यो । ७२औं मिनेटमा लेवान्डोस्कीले प्रहार गरेको हेडर पोस्टको थोरै टाढा बाट बाहिरियो ।
८०औं मिनेटमा आब्देको सट लेडेस्माले विफल पारे । तर त्यसको दुई मिनेट पश्चात बार्सिलोनाले खेलमा अग्रता लियो । गुन्डोगानको सटीक पास पेद्रीले भेट्टाएर बललाई गोलको दिशा देखाएका थिए ।
त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ । पहिलो खेलमा डेपोर्तिभो अलाभेसलाई १-० ले हराएको काडिजको भने दुई खेलमा तीन अंक रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]