2 years ago
August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा अर्को साता सुरु हुने साफ यु १६ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । च्याम्पियनसिप भुटानमा भदौ १५ देखि २४ गते सम्म सन्चालन हुनेछ । नेपाल समूह एमा भारत र बंगलादेश छन् । समूह बीमा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।
नेपाली युवा टोली
गोलकिपर – विशेष बानियाँ, पेमा नोर्बु भोटे, भक्तबहादुर परियार
डिफेन्डर – एकराज विश्वकर्मा, कृष्ण थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राजलवट, किशोरकुमार दनवार, शरन एसके
मिडफिल्डर – सुजल स्याङ्तान, राम थामी, पेमा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुभाष बम, लक्ष्मण थामी, दिलान लिम्बु
फरवार्ड – सन्तोष गोङबा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]