2 years ago
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हारसँगै भारतमा जारी डुरान्ड कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा आर्मी हैदरावाद एफसीसँग ३–० ले पराजित भएसँगै प्रतियोगितबाट बाहिरिएको हो ।

समूह ‘इ’मा आर्मीविरुद्ध जित दिलाउन हैदरावादका आरेनले ह्याट्रिक पूरा गरेका थिए । आरेनले १६ औं र २४ औं मिनेटमा गोल गर्दा हैदरावादले पहिलो हाफमा २–० ले अग्रता बनाएको थियो । ६९ औं मिनेटमा आरेनलले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे ।
आर्मीले समूह चरणका ३ मध्ये २ खेलमा हार बेहोर्यो भने एउटा खेलमा बराबरी गरेको थियो । यसअघि चेन्नईयनसँग ३–० ले पराजित आर्मीले दिल्ली एफसीसँग १–१ को बराबरी खेलेको थियो ।
चेन्नईयन समूहका सबै ३ खेल जित्दै समूह ‘इ’बाट नकआउट चरणमा प्रवेश गरेको छ । आर्मीलाई हराएपछि ४ अंक पुगेको हैदरावादको पनि नकआउट चरण पुग्ने सम्भावना बाँकी छ । आर्मीसँगै दिल्ली भने प्रतियोगितबाट बाहिरिएका छन् ।
सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटपछि समूहको शीर्ष टोली क्वार्टरफाइनल पुग्ने छ । सबै समूहका उत्कृष्ट दुई टोली अन्तिम आठमा पुग्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]